सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २३, २०८०, Diktelrupakotmajhuwagadi

Image

श्रीमावी वाँसवोटेको ६३औँ वार्षिकोत्सव सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.५ लफ्याङस्थित श्रीमावि वाँसवोटेको ६३ औँ वार्षिकोत्सव तथा तेह्रौँ अक्षय कोष दिवसको आज समापन भएको छ । कात्तिक २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गरी शुरु भएको वार्षिकोत्सव समारोहको आज तेश्रो दिन विविध कार्यक्रम गर्दै समापन भएको हो ।

   

आज भएको समापन कार्यक्रममा नगरपालिका स्तरीय अन्तर मावि भलिवल प्रतियोगितामा विजयी विध्यालय र खेलाडीहरुलाई पुरस्कार वितरण तथा श्रीमावि वाासवोटे विध्यालयका लागि महत्वपूर्ण योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई विध्यालयको तर्फबाट सम्मान गरिएको छ ।

हिजो देखि शुरु भएको नगरपालिकास्तरीय अन्तर माध्यामिक विध्यालय भलिवल प्रतियोगितामा सरस्वती मावि दिक्तेल प्रथम, जाल्पा मावि नुनथला द्धितिय र विध्योदय मावि दोर्पा तृतिय घोषित भएका छन् । प्रथम, द्धितिय र तृतीय हुने विध्यालयहरुलाई आजका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद रामकुमार राई पासाङले क्रमश रु.२५ हजार, रु. १५ हजार , रु.८ हजार ५सय नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

आज विध्यालयका निवर्तमान विव्यास अध्यक्ष खगेन्द्र राई, निवर्तमान प्रधानाध्यापक जसराज किराँती, निवर्तमान सहायक प्रधानाध्यापक यादवप्रसाद घिमिरे विध्यालयका तर्फबाट सम्मानित हुनुभएको छ । लामो समयसम्म उहाँहरुले आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
यसैगरी उत्कृष्ट चन्दादाता वडा नं. ४ खाल्लेका पूर्व अध्यक्ष डिल्लीकुमार राई तथा खाल्लेकै श्रीमति लक्ष्मीसरा राईलार्ई पनि सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा सिकाइ पुस्तकालयलाई १०१ पुस्तक प्रदान गर्ने पुस्तकदाताहरु पूर्व विध्यार्थी रमेश खड्का (दिक्तेल), सरिता राई (लफ्याङ)लाई पनि सम्मानपत्र प्रदान गरिएको शिक्षक गोपाल श्रेष्ठले बताउनु भयो ।

समापन संवोधनका क्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राईले श्रीमावि वाँसवोटेमा प्राविधिक धारको विषय लागू गर्न प्रयास भैरहेकोमा आफ्नो तर्फबाट यही वर्ष कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा सक्दो प्रयत्न गर्ने बचनवद्धता प्रकट गर्नुभयो । उहाँले यस सम्बन्धमा मन्त्रिज्युसँग कुरो पनि भैरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा नं. ५ लफ्याङका वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक दिनेश घिमिरेले अन्तर मावि भलिवल प्रतियोगिताको दोश्रो संस्करण आगामी वर्षको ६४औ वार्षिकोत्सवमा पनि आयोजना गरिने बताउनुभयो । 

कार्यक्रममा विध्यार्थीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा कृषि उध्यम तथा व्यवसाय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलवजारमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलवजारमा सञ्चालित पुरानो शैक्षिक संस्था...

Horoscopes Icon

All Horoscopes