सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २२, २०८१, खोटाङ

Image

दिक्तेलवजारका व्यापारिक पिता डिल्लिबहादुर लयालुको निधन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको छ । दिक्तेल वजारको व्यापारिक व्यावसयिक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुराउनुहुने लयालुको ९२ वर्षको उमेरमा शुक्रवार विहान ८ वजे काठमाण्डौँ, काँडाघारीस्थित आफ्नै निवासमा देहान्त भएको हो ।

दिक्तेलवजारको व्यापारिक पिताका रुपमा चिनिनुहुने लयालु विक्रम सम्वत १९९० साल  साउन ९ गते पिता स्व सनकप्रसाद.लयालु तथा माता स्वर्गीय ज्ञान थकुको कोखबाट जेष्ठ सुपुत्रका रुपमा ऐसेलुखर्कमा जन्मनुभएको थियो ।

उहाँको विक्रम सम्वत २०१३ सालमा दिक्तेलस्थित सैजुपरिवारकी छोरी मानकुमारी सैँजुसँग वैवाहिक सम्बन्ध स्थापित भएपछि विक्रम सम्बत २०३० सालमा दिक्तेलवजारमा सपरिवार स्थान्तरण हुनुभयो ।

दिक्तेललाई व्यापारिक, व्यवसायिक रुपमा स्थापित गराउन उहाँले ठूलो चुनौतिसँग लड्दै भिड्दै आजिवन योगदान पुराइरहनुभयो । उध्योग वाणिज्य संघको सदस्य बनेर संस्थागत प्रयासलाई पनि उहाँले अगुवाई गर्नुभयो । साथै आफ्ना सन्ततिलाई समेत उध्योग व्यवसायको प्रवर्द्धनमा लाग्न प्रेरित गराउनुभयो । उहाँको माइलो छोरा राजु लयालु उध्योग, व्यापार, व्यवसाय क्षेत्रको प्रमुख संस्था खोटाङ उध्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुको पछाडि निःसन्देह पिताको  प्रेरणा रहेको स्पष्ट हुन्छ ।

केही समयदेखि स्वास्थ्य प्रतिकूल बन्दै गएपछि  उहाँ काठमाण्डौँ स्थित काँडाघारीमा रहेर डाक्टरको फलोअपमा बस्दै आउनुभएको पारिवारिक श्रोतबाट थाहा भएको छ । ६ वर्ष अगाडि उहाँको हर्नियाको अपरेशन गरिएको थियो । हाल दमको रोगले च्याप्दै लगेपछि घरैमा अक्सिजनको प्रयोग गरिरहनुभएको थियो । 

उहाँको हाल धर्मपत्नि  ८६ वर्षीय मानकुमारी लयालुका साथै छोराहरु सुरेश लयालु, राजु लयालु र तोरण लयालु हुनुहुन्छ । साइला छोरा ज्ञानेन्द्र लयालुको २०७२ सालमा निधन भएको थियो । त्यस्तै छोरीहरु सावित्रा, दिपा, तारा र लोमश हुनुहुन्छ । 

उहाँको शुक्रवार काठमाण्डौँ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित सूर्योदय कृषि...

हलेसीन्युजडेस्क, खोटाङ / किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने...

Horoscopes Icon

All Horoscopes