सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ३, २०८१, खोटाङ

Image

वृहत महोत्सवअन्तर्गत खुला राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

      कवि किरण सिवाको कविता ‘विर्खे दमाईको आवाज’ प्रथम घोषित


हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले बैशाख ३१ बाट शुरु गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत चौथो दिन आज खुला राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरेको छ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगेन एक्लेको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आज (जेष्ठ ३) खुला राष्टिय कविता प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताका लागि १६ जना कविका १६ वटा कविता छनौट भएको हो । तर विहीवार त्रिधार्मिकस्थल हलेसीस्थित जाम्वाला होटल परिसरमा भएको प्रतियोगितामा भने १४ जना कवि मात्र सहभागी भै आ-आफ्ना कविता वाचन गरेको जनाइएको छ ।

कविता प्रतियोगिताका लागि साहित्यकार रामबिक्रम थापाको संयोजकत्वमा वेदीकुमार राई र बम बानियाँ तरंग सदस्य रहेको निर्णायक मण्डल गठन गरिएको थियो ।

निर्णायक मण्डलका अनुसार प्रतियोगी कविताहरुमा .सुनसरीका किरण सिवाको कविता ‘विर्खे दमाईको आवाज’ प्रथम घोषित भएको छ । भोजपुरका संग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ द्धितिय घोषित भएको छ । यसैगरी उदयपुरका जीवन चाम्लिङ राईको कविता ‘भरिया दाई’ तृतीय, सिन्धुलीका वावुराम श्रेष्ठ यात्रीको कविता ‘छम्कली रोकाया’ चौथो र भोजपुरकी सकिला राईको कविता ‘म यात्री मनको’ सान्त्वोना घोषित भएको जानकारी गराइएको छ ।

विजयी सर्जकहरुलाई प्रथम पुरस्कार वापत रु ४० हजार, द्धितिय परस्कार रु.२५ हजार, तृतीय पुरस्कार रु.१७ हजार, चौथो पुरस्कार रु.११ हजार र पाँचौ पुरस्कार रु.७ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको छ । विजयी प्रतिभाहरुलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राई लगायत, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । अन्य सहभागी प्रतियोगी कविहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको जनाइएकोछ ।

आजको कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईद्धारा वरिष्ठ कवि तथा साहित्यकार जसराज किराँतीलाई रु ११ हजार १११ नगद हस्तान्तरण गर्दै ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रमको अर्को महत्वपूर्ण प्रस्तुतिका रुपमा मुन्दुम अध्येता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पोखरेलले जोसमणि सन्त दर्शन सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चाम्लिङले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि एमसी सुमित र पोखरेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि डा. केशव सिलवालले टिप्पणी गर्नुभयो ।

आजको कार्यक्रममा अतिथिहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने अतिथि कविका रुपमा अनिल किराँती, रिना केसी, नरेन्द्र निर्विकार, केशव सिलवाल, देवान किराँती, कविता राई, संगिता थापा, मिल्सन राई, धनुचन्द्र राई, राधातुला कार्की, लगायतले आ आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो । चाम्लिङ भाषामा पनि रकम रोदुङद्धारा सिर्जना प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सहजिकरण सर्जक सिता थुलुङद्धारा भएको थियो ।

जेष्ठ १० गतेसम्म आयोजना हुने वृहत महोत्सव अन्तर्गत जेठ ६ गते खुला गायन प्रतियोगिता तथा जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गरिने आयोजकका तर्फबाट जानकारी गराइएको छ ।
 

[ यो पनि-‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव’ को चौथो दिन आज खुला राष्ट्रिय कविता प्रतियोगिता हुँदै }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes