सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

जेठ ४, २०८१, खोटाङ

Image

किराँत राई चाम्लिङ खाम्वातिमले साकेला सिलीको प्रशिक्षण गराउदै

हलेसीन्युजडेस्क, खोटाङ /

किराँत राई चाम्लिङ खाम्वातिमले किराँत सँस्कृति अनुसार नाचिने प्रचलित साकेला नाँचका सम्बन्धमा प्रशिक्षण दिइरहेको छ । साकेला नाँच कसरी नाँचिन्छ, यो कसरी शरु भयो, नाच्ने प्रचलित विधिहरु के कस्ता छन् जस्ता विषयहरुमा ज्ञान दिदै यसलाई शारीरिक हाउभाउ र लयका आधारमा नाँच्ने कलाका वारेमा सहभागीहरुलाई सिकाइदै जेष्ठ १ देखि ७ गतेसम्म सात दिने प्रशिक्षण कक्षा सञ्चालन भैरहेको किराँत राई चाम्लिङ खाम्वातिमका सहकोषाध्यक्ष एवं चाम्लिङ चैखामका संयोजक एलिना राइ  (खुशु किराति) ले बताउनुभयो ।

किराँत सभ्यता र सँस्कृतिमा साकेला सिलीको ठूलो महत्व र अर्थ-उपादेयता रहेको छ । किराँत राईहरुको पवित्र पूण्य कार्यहरु विशेष गरी उधौली/उभौलीका अवसरमा नछुङ (धामी) ले मुन्धुमी रिसिया गाउँदै आफ्ना पितृहरुलाई पुकारा गर्दै शक्ति बल माग्दै यो नाँच घर–घरमा नाँचिने सँस्कृति/परम्परा छ । तीन चुल्हा दायालुङमा आगो बालेर पितृहरुलाई सम्झदै नछुङ (मूलधामी) ले रिसिया गाउँदै अदुवा, अक्षेता र जाँडको छोक्राले पुजा गरिरहँदा बाहिर आँगनमा गोलाकार पंक्ति बनाएर सिलिमोपा/सिलिमोमा (टोलीअगुवा) को नेतृत्वमा युवा–युवती लगायत स्थानीयहरु ढोल-झ्याम्टा बजाउँदै एउटै ताल र लयमा साकेला सिलि नाँचिरहेका हुन्छन् । ती अवसरहरुमा कुनै साकेलाथान या भूमिपूजास्थल अथवा सामुहिक चुल्हा गाडिएकोपवित्र स्थानहरुमा समेत सामुहिक भेला भएर साकेला नाँच नाचिने परम्परा छ ।

गाउँ, समुदाय र वस्ति अनुसार यसको लय र तालमा फरकपन हुन्छ, त्यस्तै साकेला सिलीको साँस्कृतिक पहिचान र परिवेशलाई झल्काउने विविध सिलीहरु विकसित भएका हुन्छन् । किराँत धर्म÷सँस्कृतिमा भूमि, जल, आकाश र प्रकृतिको पुजा गरिन्छ । सोही अनुसार साकेला सिलीमा पनि ती सबैको प्रतिकात्मक झल्को दिने गरी साकेला नाँच नाँच्ने सिलीको आविष्कार भएको हुन्छ । बाह्रै महिनामा कृषिकर्ममा गरिने गतिविधिहरुलाई समेत साकेला सिलीमा प्रदर्शन गर्न सकिन्छ । यस्तै चराचुरुङ्गी, पशु चौपायाको हाउभाउलाई प्रतिकात्मक रुपमा उतार्दै साकेला सिली नाँच्ने विधि पनि पाइन्छ । यी सबै कलाका बारेमा प्रारम्भिक ज्ञान दिदै साकेला नाँच नाँच्न सिकाउने उद्धेश्यले खाम्वातिमले यो प्रशिक्षण कार्यक्रम गरेको चाम्लिङ कक्षा संचालन चाम्लिङ चैखामका संयोजक एलिना राई  (खुसु किराँती) बताउनुहुन्छ ।

हाल ललितपुर महालक्ष्मीस्थान स्थित थिएटर भिलेजमा विहान ८ वजेदेखि १० वजेसम्म र ललितपुर सातदोवाटोस्थित अलग आर्टहवमा वेलुकी ६ वजेदेखि ८ वजेसम्म दिनमा दुई चरण साकेला सिली प्रशिक्षण सञ्चालन भैरहेको बताइन्छ । प्रशिक्षण कक्षमा ३२ जनाले साकेला सिली सिकीरहेकाछन् भने उहाँहरुलाई पुर्खौली थलो खोटेहाङका सरगम राई र हलेसी तुवाचुङका दिपेश राईले सिकाइरहनु भएको जनाइएको छ । प्रशिक्षक सरगम राई र दिपेश राई साकेला सिलीकै विषयमा स्नातकोत्तर गरिरहनु भएको थाहा भएको छ ।

यसैगरी किरात राई चाम्लिङ खाम्वातिमले हरेक शनिवार विहान ११ वजेदेखि १२ वजेसम्म चाम्लिङ भाषा कक्षा समेत सञ्चालन गरिरहेको छ भने मध्यान्ह १२ वजेदेखि १ वजेसम्म किराँत सँस्कृृतिका वारेमा मुद्धुमी प्रशिक्षण समेत सञ्चालन गरिरहेको जनाइएको छ । यसै गरी दिउसो १ वजेदेखि २ वजेसम्म साकेला प्रशिक्षण दिइन्छ । यी कक्षाहरुमा किराँत सँस्कृति भाषा प्रशिक्षण तिलक चाम्लिङ र बुङातुङ चाम्लिङ ले सहजिकरण गरिरहनुभएको थाहा भएको छ ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes