सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १०, २०८१, खोटाङ

Image

प्रदेश तथा स्थानीय तहका कानून निर्माण एवं कार्यान्वयन सम्बन्धमा एकदिने अन्तकृया

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलमा ‘प्रदेश तथा स्थानीय कानून निर्माण र निर्माण भएका कानूनको कार्यान्वयनको अवस्था विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशसभा सचिवालयको आयोजनामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यतामा जेष्ठ ९ गते सदरमुकाम दिक्तेलवजारस्थित समन्वयको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभामुख विष्टले कोशी प्रदेशमा स्थिर राजनैतिक अवस्था र स्थिर सरकार नहुँदा सबैतिर नैराश्यता छाएको उल्लेख गर्नुभयो । विकास निर्माणका साथै जनताका समस्याहरुलाई अस्थिर राजनैतिक कारण प्रभावकारी ढंगले प्रदेश सरकारबाट सम्वोधन हुन नसकिरहेको तर्फ उहाँको गुनासो रहेको थियो । स्थिर सरकारका लागि वातावरण बन्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा आउनुभएकी उपसभामुख सिर्जना दनुवारले राजनैतिक दलहरुवीच एकता र सहकार्य हुनु जरुरी रहेको बताउनुभयो । 

जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा ‘स्थानीय कानून तर्जुमा कार्यमा सहजिकरण’ तथा ‘कोशी प्रदेशसभा एवं सचिवालयको वर्तमान संरचना र कार्यसम्पादनको अवस्था’ विषयक दुईवटा कार्यपत्र पेश भएको थियो । कोशी प्रदेशसभा सचिवालयले प्रस्तुत गरेको कार्यपत्रमाथि जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तो अन्तरकृयात्मक कार्यक्रम प्रदेशका सबै जिल्लाहरुमा आयोजना गरिने प्रदेश सभा सचिवालयले जनएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes