जेठ ०४, २०८१ , खोटाङ
खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । शुक्रबार कार्कीले ७ जना मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गर्नुभएको हो ।
विस्तारित मन्त्रिमण्डलमा खोटाङ प्रदेश सभा (क) बाट निर्वाचित सांसद पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित राईले यसअघि पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।
मुख्यमन्त्री कार्कीद्धारा राई सहित नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर शुक्रवार मन्त्रीमण्डल विस्तार गर्नुभएको हो ।
मुख्य मन्त्री कार्कीले मुख्यमन्त्रीको शपथ खाए लगत्तै २ जना मन्त्रीहरु नियुक्त गरी मन्त्रीमण्डल गठन गर्नुभएको थियो । पहिला पटक विनाविभागीय मन्त्रीका रुपमा नियुक्त नेकपा एमालेका उपनेता समेत रहनुभएका रामबहादुर रानालाई आर्थिक मामिलामा र नेकपा (माओवादी) का गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
एमालेबाट अन्य मन्त्रीहरुमा लीलावल्लभ अधिकारी–आन्तरिक मामिला तथा कानून मन्त्रालय, एकराज कार्की– सिँचाइ तथा ऊर्जा मन्त्रालयमा नियुक्त हुनुभएको छ । एमालेकै सिर्जना राई राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट अन्य मन्त्रीहरुमा राजेन्द्रकुमार कार्की –स्वास्थ्य मन्त्रालय र नारायण बुर्जा मगर–वन तथा वातावरण मन्त्रालयमा नियुक्त हुनुभएको छ भने साँसद बन्दना झाँगड पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत राज्यमन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभएको छ ।
अब मुख्यमन्त्री कार्की सहित १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिनुभ्एको छ । प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराउनुभयो ।
संविधानको धारा १६८ (५) अनुसार गत बैशाख २७ गते बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !