सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १६, २०८१, खोटाङ

Image

लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्यसभा

 

हलेसीन्युजडेस्क, खोटाङ /

नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा आगामी जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएकोछ । नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश–प्रदेशबीचको साहित्यिक गतिविधिका  विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको  हो । 

‘एउटा प्रदेशसँग अर्को प्रदेशका स्रष्टा’  शीर्षकको श्रंखला कार्यक्रमको सबैभन्दा पहिलो श्रंखलामा गण्डकी प्रदेशका स्रष्टाहरुको आगमन जेठ २६ गते कोशी प्रदेशको विराटनगरमा हुनेछ । 

‘यस्ता कार्यक्रमले एक प्रदेशका स्रष्टा र अर्को प्रदेशका स्रष्टाबीच सम्बन्ध विस्तार हुनेछ,’ अध्यक्ष अधिकारीले भन्न्ुभयो—‘कला, साहित्य र सँस्कृतिको समेत आदानप्रदान हुने हाम्रो विश्वास छ ।’ 

लेखक संघ कोशीका महासचिव मीनकुमार नवोदितका अनुसार मुलतः कविता वाचनमा केन्द्रित समारोहमा कोशी प्रदेशका सबै जिल्लाका स्रष्टाहरुको प्रतिनिधित्व रहनेछ भने गण्डकी प्रदेशको साहित्यको विविध आयाम अनि कोशी प्रदेशको साहित्यको विद्यमान अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिनेछ । सो अवसरमा गण्डकी प्रदेशका अग्रज स्रष्टालाई सम्मानसमेत गरिने महासचिव नवोदितले जानकारी दिनुभयो । 

विक्रमसम्वत् २००८ सालमा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको सक्रियतामा स्थापित लेखक संघको ७ वटै प्रदेश र करिब ७० जिल्लामा संगठन विस्तार भइसकेको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes