सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २, २०८१, खोटाङ

Image

दिप्रुङ चुइचुम्मालीहरुको सिर्जना–साहित्य उत्थानको श्रीगणेश


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकामा भाषा, कला र साहित्यको उत्थान गर्ने उद्धेश्यले ११ सदस्यीय प्रज्ञा समाज तदर्थ समिति गठन गरिएको छ । खोटाङका अग्रज साहित्यकार नरेन्द्र ‘निर्विकार’को अध्यक्षतामा आषाढ १ गते शनिवार दिप्रुङचुइचुम्मा–५ छितापोखरी वजारमा भेला भएका दिप्रुङचुइचुम्माका श्रस्टा सर्जकहरुको भेलाले साहित्यकार केशवराज कार्की ‘आस्था’को संयोजकत्वमा ११ सदस्यीय प्राज्ञ समाज तदर्थ समिति गठन गरिएको हो ।

स्थानीय कला, सँस्कृति, सिर्जना र समग्र साहित्यिक वाङमय जगतलाई संस्थागत संरक्षण, सम्वर्द्धन, अन्वेषण र विकास गर्ने ध्येयले औपचारिक संस्थाको आवश्यकता महसुस गरी गठन गरिएको प्राज्ञ समाज दिप्रुङचुइचुम्मा तदर्थ समितिको सहसंयोजकमा गोपाल चन्द्र राई, सचिवमा आस्था कोपिला र सहसचिवमा पुस्टमान राई गण्डकी हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा निरस एसके पीडित, भूमिराज मरुभूमि, यजमान राई, इश्वर लम्साल, ज्ञानदीप राई, प्रविना राई, विनायक राई हुनुहुन्छ । 

तदर्थ समितिलाई सुझाव सल्लाह दिनका निम्ति एक सल्लाहकार समितिको समेत गठन गरिएको जनाइएको छ । सल्लाहकार समितिमा नरेन्द्र निर्विकार, विष्णु आभूषण, शिवराज कैदी र पिएस्पी चाम्लिङ रहनु भएको थाहा भएको छ ।

सचिव आस्था कोपिलाका अनुसार आगामी आषाढ १५ गते दिप्रुङचुइचुम्माका आम सर्जक श्रस्टाहरुको वृहत भेलाले प्राज्ञ समाजलाई थप परिमार्जन गरी यसको वैधानिक प्रकृयामा लगिनेछ ।

गाउँपालिकासँग सहकार्य र समन्वय गरेर दिप्रुङचुइचुम्माबाट समग्र साहित्य, कला, सँस्कृतिलाई संरक्षण, सम्वर्द्धन र उन्नयनमा प्राज्ञ समाज समर्पित रहने संयोजक केशवराज कार्की आस्थाले हलेसी एफएमलाई बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes