सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 6 Sunday
  • 6:33:54
Profile Image

सुनिल श्रेष्ठ

असाड १५, २०८१, Khotang

Image

दोर्पाचिउरीडाँडामा वृक्षारोपण गरियो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७ दोर्पा चिउरीडाँडास्थित विध्योदय माविको हातामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वडा नं.७ वडा कार्यालयबाट उपलव्ध गराइएका कफी, धुपि लगायत विभिन्न प्रजातिका विरुवाहरु विध्योदय मावि अन्तर्गत युवा रेडक्रस सर्कलको आयोजनामा आषाढ १३ गते विहीवार विध्यालय हाताभित्र वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष शहरमान राई, सदस्य पदम हिङमाङ, प्रधानाध्यापक पेशल आचार्य, शिक्षक तथा विध्यार्थीहरु सहभागी हुनुहुन्थ्यो ।

यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखा द्धारा उपलव्ध गराईका १५० वटा कफीका विरुवा र डिभिजन वन कार्यालय खोटाङबाट उपलव्ध गराइएका विभिन्न प्रजातिका २५० वटा विरुवाहरु सोही दिन वडा नं. ७ वडा कार्यालयको परिसर, विध्योदय मावि परिसर, स्वास्थ चौकी भवनको हातामा रोपिएको जनाइएको छ । रोपिएका विरुवाहरुलाई बाँसको प्रयोग गरी घेरावारा लगाएर संरक्षण गरिएको जनाइएको छ ।

वडा नं. ७ वडा कार्यालयको समन्वयमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, वडा सदस्यहरु, विध्योदय माविका व्यवस्थापन समिति अध्यक्ष शहरमान राई, मावि का शिक्षक, विध्यार्थीहरु, वालवालिका अधारभूत विध्यालय कर्कले, जनता आधारभूत विध्यालय दुम्लि, जाल्पा आधारभूत विध्यालय तमाहाका शिक्षक विध्यार्थीहरु, वडा कार्यालयका कर्मचारीहरु, स्थानीयवासी लगायतको सहभागितामा वृक्षारोपण गरिएको स्थानीय पदम हिङमाङले हलेसी एफएमलाई जानकारी दिनुभयो ।  

सबै विध्यालयहरुका शिक्षक विध्यार्थीहरुद्धारा वडा कार्यालयबाट विरुवा लगी आ–आफ्ना विध्यालय परिसरमा समेत वृक्षारोपण गरिएको वडाध्यक्ष चौलागाईले बताउनुभयो । 

अध्यक्ष चौलागाईका अनुसार रोपिएका सबै विरुवाहरु विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा (जेष्ठ २३ गते) प्राप्त भए पनि सबैको अनुकूलतामा विहीवार वृक्षारोपण गरिएको  हो । त्यतिन्जेल विरुवाहरुलाई वडा कार्यालयले सुरक्षित वातावरणमा राखिएको बताइन्छ ।
 

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes