सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन ११, २०८१, Khotang

Image

खार्मीमा अस्थायी प्रहरी पोष्ट स्थापना


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको प्रमुख आतिथ्यतामा  साउन ११ गते शुक्रवार एक कार्यक्रमका वीचमा अस्थायी प्रहरी पोष्ट उद्धघाटन गरिएको हो ।

खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुस गर्नुका साथै ग्रामिण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यून हुने विश्वास गरिएको वडाध्यक्ष र्ईख बहादुर रार्ईले  बताउनु भएको छ । वडाध्यक्ष राई र स्थानीय भुवन रार्ईले ४ रोपनी जग्गा उपलब्ध गराएर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको  हो । 

प्रहरी चौकीका लागि आवश्यक पर्ने फर्निचर, बिजुली र खानेपानी वडा कार्यालयले उपलब्ध गराएको छ ।   अस्थायी प्रहरी पोष्ट खार्मीमा प्रहरी बरिष्ठ हवल्दारको  नेतृत्वमा ६ जना प्रहरी जवानहरु खटाइने जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।  दश स्थानीय तह रहेको खोटाङको  खार्मीमा स्थापना गरेसँगै जिल्लामा ४१औँ अस्थायी प्रहरी पोष्ट पुगेको छ । अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि वडामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन् ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes