सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ६, २०८१, Khotang

Image

कोशी प्रदेशका दुई मन्त्रीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्यो स्वागत

हलेसीन्यजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी तथा  कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिकेलार्ई स्वागत गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा मन्त्रीहरु आउनु भएसँगैँ एक कार्यक्रमका वीच उहाँहरुलार्ई फूलमाला अविरले स्वागत गरिएको  नगरप्रमुख तीर्थराज भट्टरार्ईको स्वकीय सचिब चिरञ्जीवी खतिवडाले जानकारी दिनु भएको छ ।  

नगरपालिकाको  सभाहलमा मन्त्रीद्धय अधिकारी तथा राईसँग जिल्लास्थित राजनैतिक दलका नेता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थितिमा जिल्लाको विकास निर्माण, सम्भावना, चुनौती, समाधान र समसामयिक बिषयमा छलफल भएको बताईन्छ । छलफलमा  नगरप्रमुख तीर्थराज भट्टरार्ईले खोटाङमा भैरहेका विकास निर्माणका साथै भोग्नुपरिरहेका समस्या र चुनौतिका विषयमा समग्र बस्तुस्थितिका वारेमा ‘ब्रिफिङ’  समेत गरेका गर्नु भएको जनाइएकोछ । 

नगर प्रमुख तीर्थराज भट्टरार्ई, नि.प्रमुख प्रशासकीय अधिकृत नारायण खवास  लगायत नगरका अन्य कर्मचारीहरुले मन्त्रीअधिकारी तथा राईको नगरपालिकामा प्रवेशसँगै स्वागत गरिएको नगरपालिका श्रोतले बताएको छ । मन्त्रीद्धय अधिकारी र राई  खोटाङ जिल्लाको विकास निर्माणको अवस्थाको अनुगमनका साथै यहाँको वर्तमान बस्तु स्थिति बुझ्न समेत आउनु भएको थाहा भएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes