सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ३०, २०८१, Khotang

Image

खोटाङ जिल्लामा १०औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाईने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४ गते १० औँँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउन जिल्ला समन्वय समितिको समन्वयमा सर्वदलीय सर्वपक्षीय बैठकबाट निर्णय भएको थाहा भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा आज भाद्र ३० गते बसेको सर्वपक्षीय बैठकद्धारा अशोज २, ३ र ४ गते तीन दिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय भएको हो । 

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२’’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान २०७२ जारी भएको पुनित दिनलाई सम्झदै हरेक वर्ष अशोज ३ गते राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइने गरिएको छ ।

सोही क्रममा खोटाङमा जिल्ला समन्वय समितिको समन्वयमा बसेको आजको बैठकले जिल्लामा संविधान दिवस तथा राष्ट्रिय दिवस प्रभावकारी ढंगबाट मनाउनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला समन्वय समितिका उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सम्पूर्ण राजनैतिक दलका प्रमुख वा प्रतिनिधि, सम्पूर्ण सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख वा प्रतिनिधिहरु सदस्य रहने गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो ।

उहाँका अनुसार संविधान दिवसको पुनित अवसरमा २०८१ अशोज २ गते जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी समेत भै जिल्ला अस्पतालको अगुवाइमा जिल्ला कारागारमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण सञ्चालन गर्ने, अशोज ३ गते विहान नपाल पत्रकार महासंघको संयोजकत्वमा संविधानको कार्यान्वयनका सम्बन्धमा राजनैतिक दल, प्राध्यापक, कानूनविदहरुको सहभागितामा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । 

यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला विकास शाखाको व्यवस्थापनमा अपरान्ह ३ वजे महिला सहभागितामूलक म्युजिकल चेयर प्रतियोगिता गर्ने, साँझमा सबै सरकारी कार्यालय, सार्वजनिक चोक लगायत नागरिकहरुले आ–आफ्ना घरहरुमा दीप प्रज्वलन गर्ने निर्णय भएको थाहा भएको छ ।

संविधान दिवसको अव्धिभर सम्पूर्ण कार्यालय, संघ संस्था लगायत जिल्ला वासीहरुलाई तीन दिन राष्ट्रिय झण्डा फहराउन, तथा राष्ट्रिय गीतहरु बजाएर उल्लास मनाउन अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति खोटाङले जनाएको छ ।

भाद्र ३१ गते सम्पन्न हुने महिला अधिकारको सन्दर्भमा नेपालको सविधान विषयक जिल्ला स्तरीय महिला वक्तृत्व प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतीय हुने विजेताहरुलाई अशोज ३ गते संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिका तर्फबाट  क्रमशः रु.७ हजार, रु.५हजार र रु.३ हजार नगद पुरस्कार समेत दिइने जनाइएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख शुरेसकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राई, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ पुरुषोत्तम खड्का, अन्य सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा आजदेखि तीनदिवसीय संविधान दिवस तथा राष्ट्रिय दिवस...

हलेसीन्युजडेस्क, खोटाङ / प्रविधि र उपकरणको पुजा गर्दै खोटाङस्थित हलेसी एफएमको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

Horoscopes Icon

All Horoscopes