सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १, २०८१, Khotang

Image

जिल्ला स्तरीय खुला महिला बक्तृत्व कला प्रतियोगितामा नेर्पाकी लक्ष्मी राई प्रथम


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जिल्लास्तरीय महिलाहरुको खुला  बक्तृत्वकला प्रतियोगिता गरिएको छ । जिल्ला समन्वय समिति खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझवागढी नगरपालिका वडा नं. २ स्थित जनजागृति मावि सोल्माको व्यवस्थापनमा भाद्र ३१ गते सोमवारका दिन ‘महिला अधिकारको सन्दर्भमा नेपालको संविधान’  विषयक जिल्ला स्तरीय महिलाहरुको खुला  बक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

 

जिल्ला स्तरीय महिलाहरुको खुला  बक्तृत्वकला प्रतियोगितामा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पाकी लक्ष्मी राई प्रथम हुनुभएको छ ।  त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ विजयखर्ककी निरुता खनाल द्धितिय तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पाकी निता विश्वकर्मा तेश्रो हुनुभएको छ ।

प्रथम, द्धितिय तथा तृतीय हुने विजेताहरुलाई अशोज ३ गते संविधान दिवसको अवसरमा जिल्ल समन्वय समिति खोटाङद्धारा क्रमश रु ७ हजार, रु.५ हजार र रु.३ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । 

यस्तै जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने लक्ष्मी राईले प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा अशोज २ गते विराटनगरमा आयोजना गरिने प्रदेश स्तरीय महिलाहरुको खुला  बक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नुहुनेछ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes