सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सिर्जना

कार्तिक २६, २०८१, Khotang

Image

इन्स्ब्रुकको शुन्दरता !

 

----------दिलकुमार घमाल

इन्स्ब्रुक, अष्ट्रियाको शान्त र रमणीय शहर
जहाँ हिमालको चुलोले आकाशसँग मिल्छ
नदीको मुहारमा सूर्यको किरण खेल्छ
र हावा सँगै उड्दै जान्छ संसारको शितलता ।

पर्वतका काखमा हरियाली बग्दै
सहरको गल्लीमा मुस्कान फैलिंदै
हरेक पाइलामा इतिहास बोल्छ
यो शहर, 
यहाँको जीवन साँचै अद्भुत छ ।

हिमालका शिखरले यहाँको शोभा बढाउँछन्
नदीका लहरहरू सँगै गीत गाउँछन्
धेरै चिसो र शान्ति यहाँका दिनहरू
सपना जस्तो, कल्पनाबाट बाहिर निस्केको 
शुन्दरताको कुन्दन ।

हजारौं पर्यटक यात्रा गर्न यहाँ आउँछन्
र हरेक हृदयमा शान्तिको गूञ्ज उठाउँछन्
इन्स्ब्रुक, तिमी साँचै स्वर्गिक छौं
तिमीमा हर्ष र शान्ति सँगै साँचिएको सपना छौं ।

इन्स्ब्रुक !
तिम्रो बयान गर्न सक्दिनँ, 
तिमीले लगाएको गुन तिर्न सक्दिनँ, 
आकाशझैं फराकिलो छ तिम्रो हृदय
सयौंँको भविष्य निर्माण गरिदिएका छौं 
हजारौंको भोक र प्यास मेटाएका छौं 
त्यसैले त तिमी महान छौ ।

तिमीलाई भेट्न आउनेहरु 
मन्त्रमुग्ध भएर फर्किन्छन् ।
तिम्रो शुन्दरता र महानताको 
सबैले प्रशंसा गर्दछन् ।

ओ इन्स्ब्रुक !
तिमी शुन्दर छौँ !!
तिमी महान छौ !!!

[स्रष्टा दिलकुमार घमाल नेपाली युरोपियन खेलकुद संघ, अष्ट्रियाका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ हाम्रो नियमित श्रोता एवं पाठक पनि हुनुहुन्छ । ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes