सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र १५, २०७९, Diktelrupakotmajhuwagadi

Image

मझुवा कालिका देविस्थान परिसरमा भजनगृहको शिलन्यास

 

हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-५ कालिका भगवती देविस्थान परिसरमा भजनगृह (धर्मशाला) को शिलन्यास गरिएको छ । मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले निर्माण गर्ने चारतले भजनगृह (धर्मशाला) को आज एक कार्यक्रमका वीच दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलन्यास गर्नुभएको हो ।

विक्रम सम्वत २०७४ चैत्र १५ देखि २३ गतेसम्म समितिले लगाएको महापुराणबाट संकलन भएको जम्मा रकम रु ६० लाखमा अत्यावश्यक खर्च कटाइ वाँकी रहेको रु.४२ लाख बैँकमा सञ्चित गरी त्यसबाट प्राप्त व्याज समेत रु ५६ लाख वजेटबाट चारतले भजनगृहको निर्माण कार्य शुरु हुने र अपुग वजेट नगरपालिका तथा प्रदेश र संघीय सरकारसँग माग गरिने समितिका सदस्य तथा महापुराण आयोजक समितिका महासचिव छत्रकुमार वजिमयले जानकारी दिनुभयो ।

भजनगृहको पिलर सहित चार तले भवन निर्माण हुने यसमा २० वटा कोठा र एउटा हल रहने समितिका अध्यक्ष पदम प्रसाद आचार्यले जनाउनुभयो । भजनगृहको निर्माण भए पछि यहाँ नियमित भजनकिर्तन गरिने साथै कालिका भगवतीमा पुजा पाठ गर्न आउने भक्तजनहरुका साथै एतिहासिक मझुगढी र पर्यटकीय स्थलहरुको भ्रमण दर्शन गर्न आउने आगन्तुकहरुका लागि विश्रामस्थलका रुपमा उपलव्ध गराइने योजना रहेका समितिका अध्यक्ष आचार्यले बताउनुभयो ।

शहरी विकास मन्त्रालयबाट २०७२ सालमा रु १ करोड ४४ लाख वजेट स्विकृत भई शुरु भएको वाताल मुहान मझुवा कालिका खानेपानी योजना पनि यही आषाढ मसान्त भित्र सम्पन्न गरेर मन्दिर परिसर सरसफाईका लागि, वुद्धेश्वर गुफा लगायत भक्तालुहरुको सदुपयोगका लागि पानी उपलव्ध गराइने समितिले जनाएको छ ।

समितिका अध्यक्ष पदमप्रसाद आचार्यको अध्यक्षता, तथा नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको भजनगृह शिलन्यास कार्यक्रममा नगरपालिका वडा नं. १ दिक्तेलका अध्यक्ष नवराज राई , वडा नंं ५ लफ्याङका वडासदस्य गोविन्द कटुवाल , देविस्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम कटवाल लगायत मझुवा कालिका भगवती संरक्षण तथा विकास समिति सदस्य /पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

Horoscopes Icon

All Horoscopes