सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ११, २०८०, Kathmandu,Nepal

Image

आज रातो मच्छेन्द्रनाथको भोटो देखाएसँगै रथ यात्रा समापन


हलेसीन्युजडेस्क, खोटाङ /

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।

बिहीबार जावलाखेलमा विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको हो ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई भोटो अवलोकन गर्नुभयो ।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आइजिपी बसन्त कुँवर, ललितपुरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने परम्परा रही आएको विश्वास गरिन्छ ।

कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए ।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गर्नुभएकोे थियो । भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा आगामी बैशाख ३१ गतेबाट हुन लागिरहेको...

कतारका अमिरको राजकीय भ्रमणका अवसरमा सरकारद्धारा आज सार्वजनिक विदाको निर्णय हलेसीन्युजडेस्क,...

आगामी जेष्ठ १० र ११ गते तरुणहरुको जिल्ला स्तरीय प्रशिक्षण...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको विभिन्न स्थानमा आगलागीबाट क्षति पुगेको समाचार प्राप्त भएका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३...

Horoscopes Icon

All Horoscopes