सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ११, २०८०, Koshi

Image

कोशी नामांकनको विरोधमा आन्दोलनरत पक्षसँग सरकारले वार्ता गर्न कांग्रेसको अनुरोध

आन्दोलनरत पक्षबाट १४ गतेदेखि  विराटनगर केन्द्रित आन्दोलनको घोषणा

हलेसीन्युजडेस्क, खोटाङ /

कोशी नामांकनका विरोधमा चरणवद्ध आन्दोलनमा रहेका पक्षसँग सरकारले वार्ता गरी परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र  समस्याको समाधानका लागि  नेपाली कांग्रेस प्रदेश समितिका तर्फबाट आग्रह गरिएको छ ।

नेपाली कांग्रेस प्रदेश समितिका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज एक विज्ञप्ति जारी गर्दै  आन्दोलनरत पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उलंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न र कोशी प्रदेश सरकारले तत्काल आन्दोलनरतः पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासम्भव सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

गत मंसिर ४ गते प्रदेश सभाको निर्वाचन पछि प्रदेश नं. १ को सरकार गठन भए लगत्तै प्रदेश सभाबाट दुई तिहाई वढी मतले कोशी नामाकरण भएको थियो । त्यही वेलादेखि प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । तर उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो नदेखाएपछि  कांग्रेसले पहिलोपटक आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । 

आन्दोलनका क्रममा एकजनाको ज्यान गइसकेको छ ।  मोरङ वेलवारी २ लालभित्ती निवासी पदमबहादुर लिम्वु लाजेहाङको आन्दोलनको क्रममा सख्त घाइते भै गत चैत्र १० गते धरानमा उपचारको क्रममा निधन भएको हो  । 

यता कोशी प्रदेश सभाको बैठक १४ गते डाकिएको छ भने त्यसको सशक्त प्रतिरोध गर्न र किराँत प्रदेश नामाकरणका लागि कडा दवाव सिर्जना गर्न १ नं प्रदेश संंयुक्त संघर्ष समितिले  जेष्ठ १० गते प्रेस विज्ञप्ति मार्फत प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

 

 

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

Horoscopes Icon

All Horoscopes