सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १४, २०८०, Biratnagar

Image

कोशी नामाकरणको विवाद वार्ताबाट टुङ्ग्याउन सांसदहरुको माग

 

हलेसीन्युजडेस्क, खोटाङ/

कोशी प्रदेशको नामलाई लिएर त्यसको खारेजीको माग राख्दै आन्दोलनकारीले विराटनगरको सडक तताइरहदा प्रदेश सभाको बैठकमा पनि धेरै सांसदहरुले यो विवाद टुंग्याउन सरकारले आन्दोलनकारीसँग अविलम्व वार्ता गर्नुपर्ने आवाज चर्काएका छन् । पहिचानवादीहरूको आन्दोलनका बीच आजबाट सुरू संसद अधिवेशनमा आन्दोलनकारीसँग वार्ता गर्न शून्य समय लिएर बोल्दै सांसदहरूले आवाज चर्काएका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक कहिलेसम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गर्नुभयो । कांग्रेस नेता थापाले फेरि पनि सुरक्षा घेराभित्र बसेर सभा सञ्चालन गर्न नैतिकताले नदिने बताउदै वार्तामार्फत समस्या समाधान गर्न माग गर्नुभयो । आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उहाँले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि बताउनुभयो । 

प्रदेशसभामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कमलप्रसाद जबेगुले आफूहरु जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गर्नुभयो । ‘बहुमतको आडमा अल्पमतको कदर गर्न बिर्सियौं, त्यसैले बहुमतले काम अगाडि बढाइरहँदा मानिसले बोल्न पनि नपाउने, हक अधिकारको कुरा गर्न पनि नपाउने र प्रहरीले दमन गर्ने र हामी जेलभित्र बसेजस्तो गर्नुपर्ने अवस्था आयो, यो प्रदेशलाई शान्तिसुरक्षा कायम गर्नका लागि चाँडोभन्दा चाँडो वार्ता मार्फत समाधान गर्नका लागि वार्ता समिति बनाऔं,’ उहाँले भन्नुभयो, ‘यो कौरव र पाण्डवको लडाइँजस्तो अवस्था सिर्जना हुनसक्छ । प्रदेशमा शान्ति सुरक्षा कायम गरेर सुरक्षित ढंगले हिंड्ने वातावरण सिर्जना गर्न पनि वार्ता समिति बनाऔं ।’

कांग्रेस सांसद शमशेर राईले भन्नुभयो -‘हामी बैठकमा बसिरहँदा बाहिर आन्दोलनकारी र प्रहरीवीच झडप भैरहेछ । कैयौँ घाइते भैरहेका छन् । अश्रुग्यास र पानीका फोहरा हानिएको छ । सरकारले यसको समाधान तर्फ वास्ता नगरे आन्दोलन सडकमा मात्र होइन, सदनमा पनि हुनेछ।’ सरकारले तत्काल वार्ता गरेर समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।

माओवादी सांसद गणेश उप्रेती (सुशील)ले जुलुसमा सहभागी मानिसहरू कहाँका हुन् भनेर प्रश्न गर्नुभयो । ‘जुलुस र सडकमा हिँडिरहेका मानिस कहाँका हुन् ? प्रदेशकै हुन् भने उनीहरूको कुरा सुन्ने कि नसुन्ने? असन्तुष्टि बोकेर मानिसहरू सडकमा आइरहेका छन्, ’ उहाँले कटाक्ष गर्दै प्रश्न तेस्र्याउनुभयो ,-- ‘ती मानिसहरू एमाले, कांग्रेस, माओवादी लगायत दललाई भोट हाल्नेहरू नै छन् । वार्ता समिति बनाउन केले छेक्यो ?’  उहाँले थप्नुभयो—‘सडकमा सुनिएका आवाजलाई इग्नोर गरेर हामी अगाडि बढ्न सक्दैनौं । हामीले सिर्जना गरेको समस्या हो । यसलाई समाधान पनि हामीले नै गर्नुपर्छ ।’

अर्का माओवादी सांसद गोम्बु शेर्पाले कोशी नामकरण गरेकै कारण तनावको स्थिति सिर्जना भएको बताउनुभयो । ‘ वार्ता÷संवाद मार्फत विवाद समाधान गर्नु प्रदेश सरकारको दायित्व हो । आन्दोलरत पक्षलाई तुरून्त वार्तामा बोलाएर समस्याको समाधान गरियोस् । अन्यथा आन्दोलनले भोलिका दिनमा बिकराल रूप लिनसक्छ,’ उहाँले भन्नुभयो ।

एमाले सांसद तारादेवी ढकालले पनि वार्तामार्फत समस्या समाधान गर्न माग गर्नुभयो । कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले पनि वार्ताबाटै अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा दोहोरो झडप सुरु भएको छ ।  उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यासका साथै लाठीचाजका साथै केही आन्दोलनकारीलाई नियन्त्रमा समेत लिएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes