सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

जेठ २१, २०८०, Jantedhunga Gaunpalika

Image

उभौली साकेन्वाको अवसरमा जन्तेढुङ्गामा स्थानीय विदा दिइयो


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले उभौली साकेन्वा छोङ्खा पुजाको अवसरमा  पालिकामा एक दिन स्थानीय पर्व विदा दिने निर्णय गरेको छ । सम्पूर्ण किराँत राई समुदायकै पुरानो र जेठो  साकेन्वा मानिने ऐतिहासिक छोङ्खा साकेन्वा किराँत राईहरुको मात्र नभई अन्य जातजाती र धर्मावलम्वीहरुको पनि आस्था र विस्वासको प्रतिकका रुपमा मानिदै आएको साकेन्वा छोङ्खा पुजाको अवसरमा  जेष्ठ २२ गते सोमवारका दिन पालिकाभरी स्थानीय पर्वका रुपमा विदा दिने निर्णय गरिएको हो ।

किराँत छोङ्खा साकेन्वाको सम्बन्धमा छुट्टै किराँत मिथक सुन्न पाइन्छ । आदिम कालदेखि नै छोङ्खा साकेन्वाको पवित्र स्थान डमर्खुशिवालयमा रहेको किराँत मान्यता छ । परापूर्व कालदेखि नै जन्तेढुङ्गा गाउँपालिका वडा नं. ४ डमर्खुशिवालयमा वर्षको दुई पटक किराँत सँस्कृति अनुसार छोङ्खा साकेन्वा पुजा गरिने परम्परा छ ।  किराँत विजुवाहरुले मुन्द्धुमी रिसिया गाउँदै जेष्ठ महिनामा उभौली र मंसिर महिनामा उधौली छोङ्खा साकेन्वा पुजा गर्दछन् ।

 यो वर्ष जेष्ठ २२ गते सोमवार उक्त वडामा उभौली छोङ्खा साकेन्वा पुजाको तिथी परेको हुँदा उक्त अवसरमा पालिकाले स्थानीय विदा घोषित गरेको हो । उक्त दिन गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा सार्वजनिक विदा दिइने पालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभएको छ ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes