सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

साउन १५, २०८०, Nepal

Image

आज खीर खाँदै साउन १५ मनाइदै


हलेसीन्युजडेस्क, खोटाङ

आज नेपालीहरु परम्परागत सँस्कृतिको मान्यता अनुसार परिवार आफन्तसँग बसेर खीरको परिकार खादै उल्लासका साथ साउन १५ मनाउदैछन् । साउन १५ का दिन खीर खाने परम्परागत सँस्कतिसँग एकातिर धार्मिक महत्वका पाटो जोडिन्छ भने अर्कोतिर स्वास्थ्य विज्ञानले पनि यसलाई  उपयोगी सिद्ध पुष्टि गरेको मानिन्छ । यसो त वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा खाँदै खेतखलिहानमा धान रोप्ने परम्परा छ भने साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको पाइन्छ । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धार्मिक मान्यतालाई विश्वास गर्न सकिन्छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हुनसक्ने तर्कको छुट्टै दम छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes