सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन २०, २०८०, Diktelrupakotmajhuwagadi

Image

कालिका भगवती देविथानमा चढाइएका घण्टीहरुको गणनासँगै थप व्यवस्थापन गरिने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकास्थित प्रशिद्ध  कालिका भगवती देविथान मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूले वर्षौंदेखि चढाएको घण्टीहरुको गणनासँगै थप व्यवस्थापन गरिने भएको छ । ऐतिहासिक तथा धार्मिकस्थल मझुवागढी कालिका देविस्थानमा पुगेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईको अग्रसरता तथा स्थानीयवासीको  सहयोगमा मन्दिर परिसरमा वर्षौदेखि भक्तजन दर्शनाथीहरुद्धारा चढाइएका घन्टिहरुको आज गणना सँगै चाँडै तिनीहरुको  ब्यबस्थापान गरिने नगर प्रमुख भट्टरार्ईका स्वकीय सचिब चिरञ्जीवी खतिवडाले जानकारी दिनुभएको हो । 

८२ देखि ८५ वर्ष अगाडि भक्तजनले चढाएका घण्टीहरु कालिका भगवती मन्दिरमा अव्यवस्थित ढंगले राखिएको थियो । मन्दिरमा १८५६ थान साना ठूला घण्टीहरू भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टरार्ईले बताउनु भएको छ । सबै घण्टीहरुलाई देविथान जाने सिढीको अगल वगलमा व्यवस्थित रुपमा मिलाएर राखिने समेत उहाँको भनाई छ ।

    

     

     

आज मन्दिर परिसरमा नगरपालिकाका प्रमुख तिर्थराज भट्टरार्ई, वडा न.ं५ का वडा अध्यक्ष दिनेश घिमिरे वडा नं.१ का वडा अध्यक्ष नवराज राई, नगरपालिकाका नगर राजनितिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर बम, रेडक्रस मन्त्री छत्रकुमार बजिमय, बैक चौक टोल सुधार समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठ र पुर्ब अध्यक्ष लिला कुमार बजिमय लगायत अन्य जनसमुदायको उपस्थिति रहेको थियो । 

मझुवागढी–कालिका देविस्थानलाई ‘फूलै फूलको पहाड’ बनाउने अभियानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा निरन्तरता दिइदै बिभिन्न प्रजातिका फूलका बिरुवाहरु पनि रोपिने काम भैरहेको छ ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes