सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ११, २०८०, Nepal

Image

आज कोजाग्रत पूर्णिमाः दशैँ समापन

 

हलेसीन्युजडेस्क, खोटाङ  /

आज कोजाग्रत पूर्णिमा । दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर आज जमराहरूलाई सेलाउने चलन छ ।

बडा दसैँको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदै छ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारिक रूपमा बडा दसैँको समापन हुन्छ । 

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारिक रूपमा अन्त भएको छ । आजका दिन सन्ध्या कालमा घरघरमा दीप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपूजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दीप बनाउँदा बाँसको लामो लिङ्गोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ती बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तीहरू श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तीहरू हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तीहरूका लस्करले समग्र गाउनै दुधिलो प्रकाशमा रङ्गिएको देखिन्छ । यी बत्तीहरूलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशे दीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes