सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

कार्तिक १३, २०८०, Koshi

Image

कोशी प्रदेशमा संयुक्त सरकारको आह्वान


हलेसीन्युजडेस्क, खोटाङ /

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गर्नु भएको छ । आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै  मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गर्नु भएको हो ।

संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताउनुभयो ।

कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes