सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २७, २०८०, खोटाङ

Image

दिपावलीको रमाइलोसँगै घर आगलागी हुँदा धितुङका भिमबहादुरको खुशी हरायो


हलेसीन्युजडेस्क, खोटाङ

खुशी र उमंगका साथ दिपावली  मनाउने क्रममै  खोटाङका हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ धितुङ बुलागैरीका भिमबहादुर कटवालका परिवार भने घर आगलागी हुँदा बेघर बन्न पुगेका छन् । यमपञ्चकको दोश्रो दिन लक्ष्मी पुजा गर्ने क्रममा विध्युत सर्ट भई उनको घर पूर्ण रुपमा जल्दा कटवाल परिवार बेघर बन्न पुगेका हो ।

दुईतले ढुङ्गा माटोले बनाइएको टिनको छानो भएको कटवालको घरमा आइतवार साँझ लक्ष्मीपुजा गर्ने क्रममा विजुलीको वल्व पड्केर आगो सल्किन गै  घरभित्र राखिएको नगद तथा जिन्सि सामाग्रीहरु अन्नपात, गरगहना, लत्ताकपडा सबै जलेर नष्ट हुँदा अन्दाजी रु.२५ लाख वढीको क्षति पुग्न गएको  जनाइएको छ । 

प्रहरी तथा स्थानीयको प्रयासमा आगलागी करिव दुईघण्टापछि नियन्त्रणमा आएको थियो ।

हाल निज कटवाल तथा उनको परिवार आफ्नो भाईको घरमा अस्थायी सहारा लिन पुगेकाछन् । स्थानीय जनप्रतिनिधि, छरछिमेकी लगायत सबै जुटेर आजै वेसहारा कटवाल परिवारका लागि अस्थायी आवास बनाउन जुट्ने वडाध्यक्ष टेकराज राईलाई उद्घृत गर्दै जानकारी दिइएको छ ।

यस्तै प्रकृतिको घटना भोजपुरमा पनि घट्न गएको समाचार प्राप्त भएको छ ।

भोजपुर नगरपालिका–८, बरबोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ ।

लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर घरमा एक्कासी आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरु जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार विष्टले घरमा लक्ष्मी पूजा गरेर स–परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कसी आगलागी भएको थियो ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes