सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २, २०८१, Khotang

Image

मौवाबोटेमा आगलागीबाट एक घर पूर्णरुपमा जलेर नष्ट


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको सुदुर दक्षिणी क्षेत्रमा अवस्थित बराहपोखरी  गाउँपालिका  वडा नं. ५ मौवाबोटेका ८१ बर्षका पदमबहादुर राईको घर आगलागीबाट जलेर नष्ट भएको हो ।

आज बुधवार अन्दाजी दिउसो १ बजेको समयमा ढुङ्गा माटो र काठले बनेको  खरको छानो भएको राईको २ तले घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी मोहन पोखरेलले हलेसी एफ एमलाई जानकारी गराउनुभएको हो ।  

आगलागीबाट घर पूर्ण रुपमा जल्नुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, सुन ६ आना, मिटरबक्स एकथान तथा नगद रु १५ हजार समेत पुर्णरुपमा जलेर नष्ट हुँदा जम्मा रु.८ लाख  २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षति नभएको बताइन्छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । 

अगालागी डेढ घण्टामा प्रहरी तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा ल्याईएको थियो ।
 

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes