सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १०, २०८०, खोटाङ

Image

नवौँ उध्योग दिवस खोटाङमा यसरी मनाइयो


हलेसीन्यजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र घरेलु तथा साना उध्योग कार्यालय खोटाङको आयोजनामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राकुमार राईको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको कार्यालय परिसर बाहिर मंसिर ९ गते शनिवार नवौ उध्योग दिवस मनाइएको हो ।

‘स्वदेशी उत्पादन अभियानःउध्यमीको सम्मान’ मूल नारा अंकित व्यानर टाँगेर उद्घाटन गरिएको उध्योग दिवस यसपटक खुला आकाशमूनि स्थानीय किसान उध्यमीहरुलाई प्रोत्साहन जगाउने किसिमबाट गरिएको आयोजकले बताउनुभयो । विगतमा उध्योग दिवसहरु औपचारिकता निभाउने काममा कोठाभित्र सिमित हुने गरिेकोमा यसपटक आम उध्यमीहरुलाई समेत सहभागी गराउने उद्धेश्यका साथ गरिएको समन्वय प्रमुख सनबहादुर राईले बताउनुभयो ।

कार्यक्रममा स्थानीय उध्यमीहरुद्धारा आफूद्धारा उत्पादिन विभिन्न सामानहरु विक्री तथा प्रदर्शनमा राखिएका थिए ।

सहभागी प्रत्येक उध्यमीहरुलाई आफ्नो अनुभव, अप्ठेरा र सरकारका तर्फबाट उनीहरुका लागि के कस्ता सहयोग÷सर्पोट आवश्यक छ भन्ने सुझाव सहित मन्तव्य राख्ने अवसर प्रदान गरिएको थियो । कतिपय उध्यमीहरुले यस्तो महत्वपूर्ण कार्यक्रमको व्यापक प्रचार प्रसार नगरिएको हुँदा अन्य उध्यमीहरुले सहभागी हुन छुटेको गुनासो राख्नुभएको थियो । सहभागी ११ उध्यमीहरुलाई घरेलु तथा साना उध्योग कार्यालय खोटाङका तर्फबाट सम्मानपत्र र खादाद्धारा सम्मानित गरिएको थियो ।

लामो समयदेखि वाँस र घँघरुको बोटबाट कलात्मक लाठी र अन्य सामानहरु बनाउदै सैयौँ जेष्ठ नागरिकहरुलाई टेक्ने सहाराका रुपमा लाठी उपहार दिदै आईरहनु भएका वडा नं. २ दिक्तेल बशेखा निवासीे बशेखाली ठूलेको हेण्डीक्राफ्ट व्यवसायी चन्द्रप्रसाद आचार्यलाई खाँदीको दौरासुरुवाल तथा सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानित गरिएको थियो भने घरेलु तथा साना उध्योग कार्यालयका कर्मचारी ममता राईलाई उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा घरेलु कपडा र सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । 

कार्यक्रममा प्रमुअ अतिथि प्रतिनिधि सभा सदस्य रामुकमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, नेपाली कांग्रेसका सभापति बिष्णुकुमार राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, उध्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य, घरेलु महासंघ खोटाङका उपाध्यक्ष टंकप्रसाद आचार्यले शुभकामना तथा सम्मानित उध्यमीहरुलाई बधाई प्रकट गर्नुभएके थियो ।

                  विक्री तथा प्रदर्शनमा राखिएका स्थानीय घरेलु उत्पादनहरु

p
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

Horoscopes Icon

All Horoscopes