सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ६, २०८०, Khotang

Image

दिक्तेल सोल्मामा तोरी पेल्ने उध्योगको औपचारिक उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा तोरीको तेल पेल्ने उध्योगको औपचारिक उद्घाटन गरिएको छ । वडा नं. २ सोल्मा, डाँडागाउँस्थित सोल्माली कृषि तथा पशुपन्छि फार्मले नगरपालिकाको ७५ प्रतिशत सहयोग र फर्मको तर्फबाट पच्चिस प्रतिशत लगानीमा स्थापना गरिएको तेल पेल्ने उध्योगको सोमवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीशन राईले स्विच अन गरेर औपचारिक उद्घाटन गर्नुभएको हो ।

काठमाण्डौस्थित तेन्जिङ नेपाल कम्पनीबाट सामान झिकाएर फिटिङका साथै सम्पूण काम सम्पन्न गर्न करिव रु.८ लाख लगानी भएको फर्मका व्यवस्थापक दीपेन्द्र राई बताउनुहुन्छ ।

यसमा नगरपालिकाको रु. ६ लाख र सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मको रु. २ लाख खर्चमा मिल घर तयार गरेर फागुन १७ गतेदेखि नै परिक्षणका रुपमा सञ्चालन भैरहेको व्यवस्थापक राई बताउनुहुन्छ  ।

दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा २०७२ सालमा स्थापना गरिएको यस फर्मले स्थानीय कृषकहरुले उत्पादन गरेको तोरी संकलन गरी अर्गानिक व्राण्डमा तेल उत्पादन गरी स्थानीय उपभोक्ताहरुको घरघरमा पुराउने लक्ष्यका साथ यो उध्योग स्थापना गरिएको सोल्माली कृषि तथा पशु पन्छि फार्मका प्रोप्राइटर कल्पना राई बताउनुहुन्छ ।

प्रतिघण्टा १०० केजि तोरी पेल्न सकिने यस उध्योगका लागि आवश्यक तोरी जिल्लाले धान्न नसक्दा तराईबाट झिकाउनुपर्ने वाध्यता रहने उहाँको  कथन छ । प्रतिकेजि तोरी रु ११० ले खपत गरी प्रशोधित तोरीको तेल प्रतिलिटर रु ४५० मूल्यमा विक्री गर्न शुरु गरिएको जनाइएको छ ।

तोरी उत्पादनमा स्थानीय सरकारहरुले किसानलाई प्रोत्साहित गरिरहेको वेला सदरमुकाम छेउ आधुनिक तेलहन उध्योग स्थापना गरेर किसानको पक्षमा थप उत्साहजनक काम भएको स्थानीय बताउछन् । जिल्लाको केपिलासगढी,रावावेशी गाउँपालिकाहरुले तोरी खेतीका लागि किसानहरुलाई प्रोत्साहन स्वरुप प्योकज कार्यक्रमहरु तयार गरिरहेका छन् ।

 

[यो पनि पढ्नुहोस --दिक्तेल सोल्मामा तोरी पेल्ने उध्योग सञ्चालन}
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes