मंसिर १४, २०८१, Khotang
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फागुण १५, १६ र १७ गते रााष्ट्रिय बाँस सम्मेलन गर्ने
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले नगर कार्य पालिकाद्धारा गरिएका महत्वपूर्ण निर्णयहरुको बारेमा जानकारी गराउन जिल्लास्थित पत्रकारहरुको भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको छ । मंसिर १३ गते नगर कार्य पालिकाको बैठकद्धारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव लगायत अन्य महत्वपूर्ण विषयहरूमा गरिएको निर्णयहरु सार्वजनिक गराउँदै नगरप्रमुख भट्टराईले आज मंसिर १४ गते अपरान्ह १.०० वजे नगरपालिकाको सभाहलमा स्थानीय पत्रकारहरुको भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख भट्टराईले जिल्लाकै ऐतिहासिक कार्यको रुपमा लिइएको प्रथम बाँस सम्मेलन अशोज महिनामा आएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण निर्धारित समयमा गर्न नसकिएको बताउनुभयो ।
गत अषाढ ६ गते नगर कार्यपालिका बैठकबाट बाँसको क्षेत्रमा लामो अध्ययन गर्नु भएका विषयविज्ञ, विभिन्न विश्व विद्यालयका प्राध्यापक, बाँसको महत्वलाई बुझ्दै आय आर्जन गरिरहेका उद्यमी, व्यवसायीहरूको उपस्थिति र तात्कालिन विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको नेतृत्वमा बनेको राष्ट्रिय आयोजक समितिसँंगको समन्वय र सहकार्यमा गत कार्तिक २ देखि ४ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रथम राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय भएकोमा असोज महिनामा आएको बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप लगायत विविध कारणले निर्धारित समयमा सो सम्मेलन गर्न सम्भव नभएको नगरप्रमुख भट्टराईको स्पष्टोक्ति थियो ।
उहाँले अगाडि भन्नुभयो–‘ विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री साहको नेतृत्वमा बनेको राष्ट्रिय आयोजक समितिको बैठकबाट उक्त स्थगित रहेको राष्ट्रिय बाँस सम्मेलन आगामी फाल्गुण १५, १६ र १७ गते नेपालकै पहिलो सम्मेलनको रुपमा हाम्रैे शुन्दर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ऐतिहासिक महोत्सवका रुपमा गर्ने भनी भएको निर्णयलाई मंसिर १३ गते बसेको नगर कार्य पालिका बैठकबाट अनुमोदन गरिएको छ ।’
उहाँका अनुसार प्रथम राष्ट्रिय बाँस सम्मेलनको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा बातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन व्याम्बो क्रियसन,ललितपुर रहनेछन् ।
“जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना हुन गैरहेको राष्ट्रिय बाँस सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउन नगर कार्य पालिकाको बैठकबाट थप निर्णयहरु गरिएको जनाइएको छ ।
सम्मेलनका लागि आवश्यक तयारी गर्ने सम्बन्धमा पनि विभिन्न निर्णयहरु भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । उहाँले नेपाल सरकारको ध्यानाकृष्ट गराउन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई नगरपालिकाको तर्फबाट यहाँका दक्ष जनशक्तिद्धारा निर्मित १–१ थान बाँसको कुर्सी उपहार स्वरूप उपलब्ध गराउने निर्णय भएको समेत अबगत गराउनुभयो ।
राष्ट्रिय बाँस सम्मेलनको अवसरमा नगरपालिकाका सबैै वडामा बाँसबाट निर्मित पुराना सामग्रीहरू संकलन गरेर प्रदर्शनीमा राखिनेछन् ।
यस्तै नगरपालिकाभित्रका सबै वडाबाट बाँसमा काम गर्ने १५ जना विज्ञकर्मीहरू वडाले छनोट गर्ने र नगरपालिकाबाट प्रोत्साहित गर्ने, छनोट भएका व्यक्तिहरूबाट सम्मेलन अवधिमा बाँसबाट कलात्मक सामगी्रहरू तयार गर्न प्रोत्साहित गर्ने र ती सामाग्रीहरु पनि प्रदर्शनीमा राख्ने, सिको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशिलता विकास गरी प्राकृतिक संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गरी समृद्ध पालिका र राष्ट्र बनाउने यस सम्मेलनको मूल ध्येय रहेको जनाइएको छ ।
नगरपालिकाको जनप्रतिनिधिहरुले आफू निर्वाचित हुनासाथ बाँसवाट निर्मित कुर्सीमा बसेर, बाँसको फर्निचरहरू प्रयोग गरेर बाँसको प्रचार– प्रसार र महत्वलाई स्थापित गराउने प्रयत्न गरेका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पहिलो पटक ऐतिहासिक प्रथम राष्ट्रिय बाँस सम्मेलन गर्ने अवसर जुटाइएको नगरप्रमुख भट्टराईको कथन छ ।
नगरप्रमुख भट्टराईले सरकारी निकाय, बन–वातावरण–पर्यावरणका क्षेत्रमा काम गरिरहेका दातृ निकाय, गैर सरकारी संघ–संस्था, वन–विज्ञान शिक्षालय तथा निजी क्षेत्रहरू लगायत सबै सरोकारवाला पक्षहरूलाई प्रथम राष्ट्रिय बाँस सम्मेलनमा सहभागिता, साझेदारी, सहकार्य र समन्वयका लागि आह्वान गर्ने, यस नगरपालिकाबाट राष्ट्रिय आयोजक समितिसँग समन्वय तथा सहकार्य गरी स्थानीय स्तरमा सम्मेलनको आवश्यक तयारी गर्नका लागि नगरपालिकाका बन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन समितिका संयोजक मुगाधन राईको संयोजकत्वमा समिति गठन गर्ने, बाँस सम्मेलनको पूर्वतयारी र स्थानीय समुदायलाई जोड्न विद्यार्थी मार्फत् बाँस सम्बन्धि निबन्ध प्रतियोगिता, हस्तकला प्रतियोगिता तथा प्रदर्शनी नगर स्तरीय गतिविधि तत्कालै गर्न प्रबन्ध मिलाइने पनि बताउनुभयो ।
पत्रकार भेटघाटकै क्रममा नगरप्रमुख भट्टराईले जिल्लाको उत्तरी भेकको लेकाली जंगलहरुमा पाइने रेडपाण्डा तया थार प्रजातिको वन्य जन्तु संरक्षणमा जनचेतना जगाउन विशेष महोत्सव गरिने पनि बताउनुभयो । सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षको रूपमा मनाउने र करिव १ लाख मानिसलाई भ्रमण गराउने उद्देश्य रहेको र सो अवसरमा सरोकारवाला विभिन्न स्थानीय तहहरूले भिन्न–भिन्न महोत्सव गर्ने तयारी भैरहेकोमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, चिउरीडांडामा लोपोन्मुख रेडपाण्डा र थार पाईने भएकोले भ्रमणवर्षमा पाल्नुहुने यात्रुहरूलाई आकर्षण गर्दै लोपोन्मुख रेड पाण्डा र थारलाई संरक्षण गर्ने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा नगरपालिकाद्धारा रेड पाण्डा तथा थार महोत्सव आयोजना गर्ने निर्णय भएको पनि नगरप्रमुख भट्टराईले बताउनुभयो ।
यसैगरी मंसिर १३ गते बसेको नगर कार्य पालिककाको बैठकद्धारा नगरपालिकाकोे पर्यावरणलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा आउने पेय पदार्थहरू आयात गर्ने व्यक्ति, पसल, कम्पनी वा डिलरलाई खाली सिसाहरूलाई स्वयं व्यक्ति, पसल, कम्पनी वा डिलरले नै व्यवस्थापन गर्नुपर्ने नीतिलाई कडाइका साथ पालना गराउने निर्णय भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।
नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन नियमावली, २०७० मा समेत फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले नै पृथकीकरण तथा व्यवस्थापन गर्ने दायित्व सम्बन्धित फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको हुने उल्लेख भएको हुँदा यस विषयलाई कार्यान्वयन गर्नका लागि सरोकारवालाहरूसँग पटक–पटक छलफल र सरोकारवालाहरूलाई विगतमा पटकपटक पत्राचार गर्दा समेत कार्यान्वयन नगरेको देखिएकोले निर्णय भएकै मितिबाट लागूहुने गरी ३५ दिनभित्र सिसाको बोतलमा आउने पेय पदार्थहरू आयात गर्ने व्यक्ति, पसल, कम्पनी वा डिलरले स्वयं शिशाजन्य बोतलहरू व्यवस्थापन गर्नुपर्ने, नगरेमा सिसाजन्य बोतललाई नगरपालिकामा पूर्णरूपले प्रतिवन्ध गरिने निर्णय भएको समेत जानकारी गराइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममार्फत नगरपालिकाको तर्फबाट नगरप्रमुख भट्टराईले नगरपालिकाको समृद्धिका लागि दीर्घकालीन रूपमा टेवा पु-याउने उल्लेखित निर्णयहरूको कार्यान्वयनमा जिल्ला स्थित राजनीतिक दल, जिल्ला तथा नगरका बुद्धिजिवी, विद्यार्थी, युवा, महिला, उद्योगी–व्यवसायी लगायत सरोकारवाला सम्पूर्ण विकासप्रेमी नागरिक साथै सञ्चारर्मी पत्रकारहरुको पूर्ण साथ, सहयोग र समर्थन को विश्वास र अपेक्षा गरिएकोे बताउनुभयो ।
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...
२०८१ माघ
माघ महिना मेष राशिका लागि फलदायी रहनेछ । योजना ठूलो बन्नेछ । समय अध्ययन र अनुभवका लागि सकारात्मक देखिन्छ । यध्यपि काममा चुनौती आउनसक्छन् ्। उपव्धि हात पार्न कठिन संघर्ष नै गर्नुपर्ने हुन्छ । तापनि, महत्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ । मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नाबाट धोका हुन सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ । महिनाको अन्ततिर अकस्मात खर्च बढ्नेछ, सजग हुनु वेश होला ।
२०८१ माघ
माघ महिनामा वृष राशिलाई आंशिक फलदायी रहनेछ । परिस्थिति धेरै अनुकूल नदेखिए पनि मेहनतले काम सम्पादन हुनेछ । अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब होला। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।
२०८१ माघ
माघ महिनामा मिथुन राशिलाई केही चुनौति आउन सक्छ । संघर्ष गर्नुपर्ने हुन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ । अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। सोचेको लाभांश नउठ्नाले चिताएको काम रोकिन सक्छ। दुर्भावना राख्नेहरूले बिनाकारण दुःख दिनेछन्। सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। खर्च बढ्नेछ र आयस्रोत पनि अलि कमजोर बन्न सक्छ। नाम चलेका व्यक्तिले समेत धोका दिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपर्ला।मिहिनेतले काम बन्नेछ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।
२०८१ माघ
माघ महिनामा कर्कट राशिलाई केही उतारचढाव आउनेछन् । पतिपत्नीबीच मतभेद बढ्नेछ भने प्रेम सम्बन्धमा खटपटि आउन सक्छ । अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। तापनि अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
२०८१ माघ
माघ महिना सिंह राशिलाई विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा वा कामका विविध झमेलाहरूको माहोलबाट अघि बढ्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ । आँटले काम लिँदा विभिन्न स्रोत प्राप्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। खर्च बढे पनि आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। ईष्र्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आम्दानी बाहिरिनाले बेलाबेला अर्थ अभाव सामना गर्नुपर्ला। दोस्रो सातादेखि काममा प्रगति हुनेछ। कर्मसाधना गर्नेहरूलाई फाइदा हुने समय छ।
२०८१ माघ
माघ महिना कन्या राशिलाई सामान्य फलदायी रहनेछ । स्वास्थ्यबाधा र पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। चिताएका काममा केही विलम्ब भए पनि सहयोगीहरूको साथ जुट्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नेछ। पढाइलेखाइतर्फ राम्रो नतिजा प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ। पहिले अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
२०८१ माघ
माघ महिनामा तुला राशिलाई घरेलु समस्या सुल्झाउन जुट्नुपर्ने समय छ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारतर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।
२०८१ माघ
माघ महिना वृश्चिक राशिलाई केही संघर्षमय रहनेछ। तापनि विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ र प्रशस्त फाइदा उठाउन सकिनेछ। सुरुमा रोकिएका काम दोस्रो सातादेखि सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। पेट र कब्जियतको समस्याले सताउने सम्भावना छ।
२०८१ माघ
माघ महिनामा धनु राशिलाई कामको चाप बढ्ने सम्भावना छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि तपाईंको गन्तव्य लक्ष्य नै हुनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल बिस्तारै प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। जिम्मेवारी पूरा गरे पनि सम्बन्धमा उतारचढाव आउन सक्छ।
२०८१ माघ
माघ महिना मकर राशिलाई सामान्य फलदायी रहनेछ । अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि आर्थिक रूपमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। दौडधुपमा खर्च बढे पनि आम्दानी प्रशस्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष विशेष फाइदा हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ । महिनाको मध्यतिर खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ । स्वास्थ्यमा टाउको दुखाइ तथा आँखाको कमजोरीले सताउने सम्भावना छ ।
२०८१ माघ
माघ महिना कुम्भ राशिलाई केही खर्चिलो रहने देखिन्छ । विवादास्पद काममा हात हाल्नाले अलि दुःख पनि पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वाद्र्धमा खर्च बढी हुनेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
२०८१ माघ
माघ महिना मीन राशिलाई उपलब्धिमूलक रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ । समाजमा सम्मानित स्थान प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थीमा मन रमाउनेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा गर्न सकिनेछ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ यो महिना यात्राको सुयोग छ ।