सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

पौष १६, २०८०, खोटाङ

Image

वीपी स्मृति भवन दिक्तेलमा ४८ औँ मेलमिलाप दिवस मनाईयो

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको वीपी स्मृति भवन दिक्तेलवजारमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ ।  नेपालमा प्रजातन्त्र प्राप्तिका निम्ति आजीवन जननायक वीपी कोइराराले खेल्नुभएको भूमिकालाई स्मरण गर्दै नेपाली कांग्रेस नगर कार्यसमिति दिक्तेलको आयोजनामा आज ४८ ओैँ राष्ट्रिय मेलमिलाप दिवस मनाईएको हो । 

बैदेशिक हस्तक्षेपबाट देश जोगाउन वीपी कोईरालाले २०३३ साल पुस १६ गते आजकै दिन तत्कालिन राजा बीरेन्द्र लगायत देशका अन्य शक्तिहरुसँग राष्ट्रिय एकता तथा मेलमिलापको नीति अँगाल्दै जननायक वीपी कोईराला आफ्ना साथीहरुसँग भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो  । सोही सन्दर्भमा नेपाली कांग्रेसले हरेक वर्ष मेलमेलाप दिवस मनाउँदै आएको कार्यक्रमका सभापति तथा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका नगरकार्य समिति सभापति प्रकाश श्रेष्ठले बताउनु भयो । 

जव जव देशमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढछ, त्यतिबेला आन्तरिक मतभेद थाती राखेर सबै देशभक्त नागरिकले एकजुट हुनुपर्ने नीति  राष्ट्रिय मेलमिलाप दिवसको मर्म भएको उहाँले बताउनुभयो । आफ्नो डेढवर्षको जननिर्वाचित प्रधान मन्त्रित्वको कार्यकालमा वीपी कोइरालाले नै गाउँमा सानो झुपडी, एउटा दुहुनु गाई, गाउँमै स्वास्थ्य चौकी र एक समुदाय एक बिद्यालयको अवधारण ल्याउनु भएको थियो । गाउँको बिकास र समृद्धिका लागि काठमाण्डौ केन्द्रित नेताहरुले दृढसंकल्पका साथ गाउँ गाउँमा संगठनमा लाग्नुपर्ने  नगर सभापति श्रेष्ठको भनाई थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समितिका पार्टी उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले अहिले  व्यवस्था माथि नै आक्रमण हुन थालेको बताउदै राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर हरेक नागरिकहरु एकताका साथ गाउँदेखि समग्र मुलुकको बिकासको लागि हातेमालो गर्दै अगाडि बढनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुमनवावु आचार्य, महाधिबेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, जिल्ला कार्य समिति सदस्य तथा वडा नं. १ का वडाध्यक्ष नवराज राई, क्षेत्रीय सभापति दिनेशकुमार घिमिरे,ने.बि.संघ सभापति मोतीचन्द्र राई लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम तरुण दल खोटाङका सभापति काजीमान राईले सञ्चालन गर्नुभएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes