मंसिर २७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रि केपि शर्मा ओलि मंगलवार वेलुकी ७ वजे खोटाङको सदरमुकाम दिक्तेलवजार आइपुग्नु भएको छ । ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा मंगलवार ओखलढुंगाको हर्कपुरमा वृहत भेलालाई संवोधन गरी अध्यक्ष ओलि मध्यपहाडी लोकमार्ग भएर हिजै वेलुकी ७ वजे खोटाङको सदरमुकाम दिक्तेलवजारमा आइपुग्नुभएको हो ।
हर्कपुरबाट खोटाङ प्रवेश गरेसँगै बाहुनीडाँडा स्थित कदुवाका एक स्थानीय अगुवा कृषक तथा कषि उध्यमी फौदसिं कार्कीको कृषि उध्यमको अवलोकन गर्न केहीक्षण विताउनुभयो । त्यही उहाँले खाजा नास्ता पनि गर्नुभयो । कृषि उध्यमी फौदसिं काकीले केहीवर्ष अगाडि देखि स्थानीय कृषकहरुबाट दुध संकलन गरी स्थानीयवासी लगायत मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रीहरुका लागि लस्सी, पेडा र दुधका विविध परिकारहरु उत्पादन गरी व्यवसाय चलाउदै आइरहनुभएको छ ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा अध्यक्ष ओलिलाई हलेसीमा आइपुग्दा हलेसीतुवाचुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । नगरउपप्रमुख रमेश राउतको नेतृत्वमा नगर कार्यपालिका तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उहाँलाई खादा -माला लगाई स्वागत तथा सम्मान गरेको थियो ।
अध्यक्ष ओलि हिजो वेलुकी ७ वजे जिल्लाको सदरमुकाम दिक्तेल वजार आइपुग्नुहुँदा नेकपा एमाले नगर कमिटिले उहाँ तथा उहाँसँग आउनुभएको टोलिलाई स्वागत गरेको थियो । पार्टीले दिक्तेलवजारस्थित शुभदिन होटलमा अध्यक्ष ओलिको लागि रात्रीवासको व्यवस्था गरेको थाहा भएको छ ।
आज विहान अध्यक्ष ओलिको जिल्लास्थित विभिन्न राजनैतिक दल, जेष्ठ नागरिक लगायतसँग भेटघाट र दिक्तेल सोल्मास्थित शुभम फउण्डेशन अन्तगर्त सञ्चालनमा रहेको सिकाईसँग शिक्षाका गतिविधिहरुका साथै कृषि प्रवद्धनात्मक गतिविधिहरु अवलोकन गरी मध्यपहाडी लोकमार्ग भएर भोजपुरतर्फ संकल्प यात्रा वढ्ने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी एफएमलाई बताउनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !