सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २, २०८०, Khotang

Image

खोटाङमा प्रथम धनुषवाण भेताली प्रतियोगिता सम्पन्न

हलेसीन्युजडेस्क, खोटाङ /

   खोटाङमा यलम्बर दिवसको अवसरमा प्रथम धनुषवाण भेताली प्रतियोगिता सम्पन्न भएको छ । किरात गणराज्य मोर्चा खोटाङको आयोजनामा गणराज्य मोर्चाका अध्यक्ष विष्णुराज राईको अध्यक्षता तथा पूर्वमन्त्री गणराज्य मोर्चाका संरक्षक गोपाल किराँतीको प्रमुख आतिथ्यतामा हिजो दिक्तेलस्थित हेलिप्याडको मैदानमा यलम्बर दिवसको अवसर पारेर प्रथम धनुषवाण भेताली प्रतियोगिता सम्पन्न भएको हो ।
प्रथम किरात राजा यलम्वरको सम्झनामा हरेक वर्ष माघ १ गते यलम्बर दिवस मनाईने गरिएको गणराज्य मोर्चा खोटाङका अध्यक्ष विष्णुराज राईले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि किरातीले यलम्बर दिवसको अवसरमा परापूर्वकालमा प्रयोगमा आएको धनुषकलालाई संरक्षण गर्नु किरात सँस्कृति र सभ्यताको संरक्षण गर्नु हो भन्नू भयो । उहाले आगामी वर्ष यलम्बर दिवसमा अझ यो प्रतियोगितालाई भव्यताका साथ आयोजना गरिने बताउनुभयो ।

1k
 प्रतियोगितामा ६२ जना प्रतियोगीहरु सहभागी हुनुहुन्थ्यो ।  यलम्बर दिवसको अवसरमा धनुषवाण प्रतियोगितामा प्रथम प्रतियोगी बनेर दिक्तेल रुपाकोट मझुवागढी नपा वडा नं। ३ बाम्राङ निवासी राजनैतिककर्मी एव समाजसेवी रोजन राई धनुष प्रहार गर्दाको अनुभव कहिल्यै नविर्सईने रहेको बताउनुहुन्छ । प्रतियन्हगितामा हलेसी तुवाचुङ दुर्छिमका प्रशुराम राई प्रथम, हलेसीतुवाचुङ वुईपाका राजकुमार राई द्वितीय र हलेसीतुवाचुङ नुनथलाका ससमन राई तृतीय बन्नुभएको थियो ।
विजयीहरुलाई प्रमुख अतिथि किरातीको हातबाट क्रमशस् रु ५०००, द्वितियलाई रु ३००० र तृतीयलाई रु २००० प्रादन गरिएको थियो । यसैगरी सान्त्वना पुरस्कार हरु यलम्बर राई तथा धनवर्ण राईलाई क्रमश एक र एक हजार पुरस्कार प्रदान गरिएको थियो ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes