सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २७, २०८०, Khotang

Image

साकेलामा स्वास्थ्य शिविर सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको साकेला गाउँपालिकाका विभिन्न टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धि विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ गाउँपालिकाद्धारा सञ्चालन भैरहेको स्वास्थ्य शिविरबाट १६८ जना महिलाहरुले उपचार तथा परामर्श सेवा पाएका छन् । 

गाउँपालिकाको पाँच वटै वडाहरुमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि स्क्रिनिङ शिविरबाट पाठेघरको मुखको क्यान्सर VIA जाँच तथा परामर्श सम्बन्धिको उपचार ८४ जनाले पाएका छन् । त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट २४ जनाले राखेका छन् । परिवार नियोजनकै अस्थायी साधन इम्प्लान्ट १३ जनाले झिकेका छन् भने पुरानो झिकेर नयाँ राख्ने ९ जना छन् । कपर्टी एक जनाले प्रयोग गरेका छन् ।

शिविरबाट आङ खस्ने समस्या भएका ११ जनाको रिङ प्रेसरी राखेर प्राथमिक उपचार गरिएको छ भने दुई जनालाई अन्यत्र उपचारका लागि रेफर गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभएको छ । 

गत आईतबार मात्तिम स्वास्थ्यचौकी देखि सञ्चालन गरिएको शिविर शुक्रबार वडा नम्बर २ को साकेला आधारभूत अस्पतालमा आएर टुङ्गिएको छ । शिविरको दोश्रो दिन सोमबार आधारभूत स्वास्थ्य सेवा ईकाई केन्द्र मात्तिम, मंगलबार स्वास्थ्यचौकी खिदिमा, बुधबार स्वास्थ्य चौकी बाँझेच्यानडाँडा, बिहीबार सामुदायिक स्वास्थ्य सेवा ईकाई केन्द्र डाँडागाउँ र अन्तिम दिन शुक्रबार साकेला आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरबाट सेवाग्राहीलाई यौन रोग सम्बन्धी उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराईएको संयोजक ढकालको भनाई छ । 

गाउँपालिकाले आङ् खसेर बिरामी भई अन्त्रय उपचारका लागि रेफर भएका बिरामीहरुको अस्पताल जाने–आउने, अस्पतालमा लाग्ने खर्च र उपचार अवधिभरको खानेबस्ने व्यवस्था गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले त्यस्ता बिरामीहरुको लागि छुट्टै कार्यविधि बनाएर सहयोग उपलब्ध गराईने बताउनुभयो । 

गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै अध्यक्ष राईले सम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा स्वास्थ्य सेवा पुर्याई नागरिकको पहिचान गरि सुविधा उपलब्ध गराईने बताउनुभएको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes