सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १०, २०८१, Khotang

Image

सधैँ अरुलाई सहयोग गर्ने विनोदका लागि यतिखेर अरुको सहयोग जरुरी


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पा निवासी विनोद गजमेरको अहिले दुबै मृगौला फेल भएको हुँदा उनका लागि मृगौला फेर्नु पर्ने डाक्टरको सल्लाह छ । कहिले किसानका लागि फलफूलको विरुवा वितरण, कहिले सार्वजनिक स्थलहरुमा फोहोर संकलन गर्न आफ्नै खर्चमा डष्टवीनको व्यवस्थापन, कहिले मानवीय सर सहयोगमा अगुवाई गर्ने उत्साही युवाका रुपमा चिनिने विनोद अकस्मात गम्भिर विरामी भएकोले यतिखेर उनको पूनर्जीवनका लागि अरुले मानवीय सहयोग उपलव्ध गराउन जरुरी बनेको हो । 

डिभिजन वन कार्यालय खोटाङ दिक्तेलमा वनरक्षक पदमा कार्यरत राष्ट्रसेवक कर्मचारी विनोद प्रेसरको समस्याबाट पीडित थिए । एक्कासी प्रेसरले मृगौलामा  हानेर दुबै मृगौलाले काम गर्न छाडे पछि समाजको लागि केही गर्ने आकांक्षामा तुषारापात लागे झैँ भएकोछ उनलाई । तर विज्ञानको युग हो, सुविधासम्पन्न अस्पतालमा गएर विज्ञ चिकित्सकको सहयोगमा मृगौँला प्रत्यारोपण गरेरै भए पनि मृत्युलाई जितिरै छाड्ने उनको उत्कट चाहना छ । 

यतिखेर विनोदका घरपरिवार, आफन्त, नातानाला, इष्टमित्र र शुभेच्छुकहरु उनको उपचार खर्च जुटाउने कार्यमा रातदिन नभनी खटिरहेको पारिवारिक श्रोतले जनाएको छ । विनोदलार्ई उपचारका लागि अशोज ९ गते भारत लगिएको आफन्त गंगाबहादुर विकले बताउनुभयो । उहाँले स्पष्ट पार्दै भन्नुभयो–‘नेपालमा उपचार गर्न ३ देखि ५ महिना लाग्ने तर भारतमा अलिक चाडो हुने भएकोले त्यता लगिएको हो । हाल विनोदलाई भारतको पश्चिम वंगालस्थित सिलगुडको Asian Institute of Nephrology & Urology मा भर्ना गरिएको छ ।’

गंगा विकका अनुसार शुरुमा उपचार गर्दा रु.११ लाख डिपोजिट गर्नुपर्ने र त्यस पछि अरु खर्च लाग्ने भएको कारण कम्तिमा रु.२०  लाख भन्दा बढी आर्थिक भार व्यहोर्नु पर्ने भएकोले सबैसँग सहयोगको अपिल गरिएको छ ।

सहयोग गर्न चाहने शुभेच्छुकहरुले विनोद गजमेरको राष्ट्रिय वाणिज्य बैकमा रहेको खाता नम्बर-2060100033519010 मा रकम जम्मा गर्न सकिनेछ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes