सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २८, २०८१, Khotang

Image

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ खस्ने समस्या भएका महिलाहरूको लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर (आङ) खस्ने समस्या भएका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल र शीर मेमोरियल अस्पताल बनेपाको प्राबिधिक तथा आर्थिक सहयोगमा  आगामी मंसिर ६ गते देखि १४ गते सम्म शीर मेमोरियल अस्पताल बनेपामा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने नगर स्वास्थ्य प्रमुख खेमराज आचार्यले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाका तर्फबाट वडा वडामा पाठेघर खस्ने समस्याको पहिचान गरेर पाठेघर सम्बन्धी अपरेसनका लागि जाने महिलाहरुलाई निःशुल्क यातायात, भोजन, आवासको व्यवस्था गरिएको छ भने कुरुवाको जाने आउने यातायात खर्च आफैले बेहोर्नु पर्नेेछ ।

नगरपालिका भित्रका इच्छुक महिलाले आफ्नो स्वास्थ्य स्थिति अनुसार नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराई अपरेसन गर्नु पर्ने भएमा नगरपालिका स्वास्थ्य शाखामा मंसिर २ गतेभित्र सम्पर्क गर्नका निम्ति  नगरपालिकाले अनुरोध गरेको छ ।

गत वर्ष मङ्सिर २ गते पनि नगरपालिकाबाट शिर मेमोरियल अस्पतालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पाठेघर खसेका ३७ जना बिरामीहरुको सफल शल्यकृया गराइएको थियो । 

सोही अवसरमा सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्षदिनसम्म निःशुल्क उपचार गरिदिने गरी नगरपालिका र प्रतिष्ठानवीच सम्झौता पनि गरिएको थियो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच नगरपालिकाभित्रका पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल, बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्धिपक्षीय सम्झौता भए अनुरुप यो वर्ष पनि मंसिर ६ गतेदेखि १४ गतेसम्म नगरपालिकाका आङ खस्ने विरामीहरुको निःशुल्क उपचार गरिने भएको हो  । 

पाठेघर खस्ने समस्याबाट महिलाहरुमा क्यान्सर जस्तो रोग हुन सक्ने र अज्ञानताका कारण अकालमै मृत्युसम्म हुने थाहा भएपछि अब महिलाहरु यसका बारेमा क्रमशः स्वास्थ्य संस्थामा आफै आएर समस्या बताउन थालेका छन् । तर अझपनि सबै महिलाहरु यस्ता रोगका बारेमा खुलेर बताउन सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा स्थानीय सरकारहरु अग्रसर भएर महिलाहरुको यो समस्यालाई गम्भिरताका साथ लिई उनीहरुको दीर्घकालिन समाधानमा जुट्नु सुखद पक्षका रुपमा लिनुपर्छ । 
 

बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख...

युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

--------------प्रत्युन्ह पोखरेल खोटाङ खार्पाकी १०६ वर्षीय रेणुकादेवी पोखरेलले २०८१ पौष २४...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेमा १...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १...

Horoscopes Icon

All Horoscopes