भदौ ०१, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले स्वास्थ्य क्षेत्र मानव जीवनमा अति संवेदनशिल क्षेत्र भएकाले नागरिकको समस्याप्रति सचेत भएर आफूले पाएको जिम्मेवारी पुरा गर्न सुझाव दिनुभएको छ । आफूले पाएको जिम्मेवारी पुरा गर्ने क्रममा एकले अर्काको अस्तित्व स्वीकार्दै काम गर्न सकियो भने जीवन सुन्दर हुनुका साथै पालिका आफै सुँंस्कृत र संस्थागत हुने र समृद्धिको गन्तव्यमा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
शुक्रबार साकेला अस्पताल रतन्छाले आयोजना गरेको महिला स्वास्थ्य स्वयम सेविकाको विदाई र नयाँलाई स्वागत गर्ने क्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा सो कुरा उहाँले बताउनुभएको हो । अध्यक्ष राईले आफूले पाएको जिम्मेवारी नैतिक रुपमा गम्भीर र संवेदनशिल भएर पुरा गर्न स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र आफूले काम गरिरहेको समुदाय र स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको अध्यक्ष राईको कथन थियो ।
साकेला गाउँपालिका–२ रतन्छामा महिला स्वास्थ्य स्वयम सेविकाको रुपमा लामो समयदेखि काम गर्दै आउनुभएका तीन जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई विदाई गरिएको छ । आफ्नो जीवनकालको २१ वर्ष महिला स्वास्थ्य स्वयम सेविका भई समाज रुपान्तरणमा योगदान पुर्याउनुहुने दुर्गा राई, १८ वर्ष सेवा गर्नुहुने मिनाकला राई र १३ वर्ष काम गर्नुभएको करुणा राईलाई सो कार्यक्रमका बीच दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरि विदाई गरिएको छ । शारीरिक अस्वस्थता तथा पारिवारिक समस्याका कारण सेवाबाट बाहिरिनुभएका महिला स्वास्थ्य स्वयम सेविकाको सट्टामा रिता राई, संगिता राई र गंगादेवी राईलाई नयाँ स्वास्थ्य स्वयम सेविकाको रुपमा स्वागत समेत गरिएको छ । विदाई हुनुहुने र नयाँ आउनुहुने स्वयमसेविकाहरुलाई गाउँपालिका प्रमुख राई सहित साकेला माविका प्रधानाध्यापक शिवेन्द्रकुमार राई, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, २ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष भक्त बहादुर कटवाल लगायतले सम्मान गर्नुभएको थियो ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको स्वास्थ्य शाखा संयोजक ढकालको भनाई छ ।
साकेला गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मासिक तीन हजार रुपैंया प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आईएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ देखि थप एक हजार बढाएर मासिक चार हजार रुपैंया प्रोत्साहन भत्ता उपलब्ध गराईदै आईएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !