सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ३, २०८१, Khotang

Image

दिक्तेल आदर्शटोलकी सुत्केरी आमा तथा नवजात शिसुलाई एकता स्वास्थ्य आमा समूहद्धारा पौष्टिक खाध्य सामाग्री प्रदान

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आदर्शटोलकी सुत्केरी आमा तथा नवजात शिसुका लागि स्थानीय एकता स्वास्थ्य आमा समूहले पोषिलो खाध्य सामाग्रीका कोशेली सहित सुत्केरी भेटघाट गरेको छ । वडा नं. १ को एकता स्वास्थ्य आमा समूहले भाद्र २ गते आइतवार सोही वडास्थित आदर्शटोल निवासी सुवास ढकाल र प्रतिक्षा ढकालको दोश्रो  सन्तानका रुपमा छोरी जन्मेको अवसर पारेर सुत्केरी आमा तथा नवजात शिसुका लागि पौष्टिक खाध्य सामाग्रीको कोशेली सहित भेटघाट कार्यक्रम गरेको हो ।

एकता स्वास्थ्य आमा समूहसँग आवद्ध महिलादिदी बहिनीहरुले सुत्केरीको घरमा पुगेर आमा तथा नवजात शिसुका लागि अण्डा, घिउ, चामल, फलफूल, गेडागुडी, हरिया सागसव्जी, फर्सी, ज्वानो लगायत शिसुका लागि कपडाको कोशेली प्रदान गरिएको आमा समूहकी अध्यक्ष मिना देवी पाण्डेले हलेसी एफएमलाई बताउनुभयो ।

सो भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी गिता बस्नेतले पोषण, खोप, सरसफाई लगायत शिसुको हेरचाहका वारेमा सचेतना कक्षा सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार सुत्केरी आमाले पोषणयुक्त खाध्य सामाग्रीहरुको प्रयोग गर्नुपर्छ । जंकफुडको प्रयोगबाट बच्नुपर्छ । बच्चालाई १३ वटा पूरा खोप लगाउन छुटाउनु हुुन्न । साथै सुत्केरी अवस्थामा वच्चा तथा आमाको सरसफाईमा अत्यधिक ध्यान पुराउनुपर्छ भन्ने सचेतनामूलक शन्देसका साथ खाध्य सामाग्रीको कोशेली सहित सुत्केरी भेट कार्यक्रमको आयोजना गरिएको गिता बस्नेतले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न आमा समूहहरुले अन्य वडाहरुमा समेत सचेतनामूलक शन्देसका साथ विगतदेखि नै सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिई आइरहेको छ ।

[यो पनि-दिक्तेल डाँडाछापकी सुत्केरी आमा तथा नवजात शिसुलाई आमा समूहद्धारा पौष्टिक खाध्य सामाग्री प्रदान ]

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes