सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन १८, २०८०, Khotang

Image

दिक्तेल सोल्मामा तोरी पेल्ने उध्योग सञ्चालन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा तोरीको तेल पेल्ने उध्योग स्थापना गरिएको छ । वडा नं. २ सोल्मा, डाँडागाउँस्थित सोल्माली कृषि तथा पशुपन्छि फार्मले नगरपालिकाको ७५ प्रतिशत सहयोग  र  फर्मको तर्फबाट पच्चिस प्रतिशत लगानीमा स्थापना गरिएको तेल पेल्ने उध्योग विहीवारदेखि प्रयोगमा आउन थालेको उध्योग व्यवसायी दिपेन्द्र राईले बताउनुभयो ।

काठमाण्डौस्थित तेन्जिङ नेपाल कम्पनीबाट सामान झिकाएर फिटिङका साथै सम्पूण काम सम्पन्न गर्न करिव रु.८ लाख लगानी भएको उहाँ बताउनुहुन्छ ।

दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा २०७२ सालमा स्थापना गरिएको यस फर्मले स्थानीय कृषकहरुले उत्पादन गरेको तोरी संकलन गरी अर्गानिक व्राण्डमा तेल उत्पादन गरी स्थानीय उपभोक्ताहरुको घरघरमा पुराउने लक्ष्यका साथ यो उध्योग स्थापना गरिएको सोल्माली कृषि तथा पशु पन्छि फार्मका प्रोप्राइटर कल्पना राई बताउनुहुन्छ ।

प्रतिघण्टा १०० केजि तोरी पेल्न सकिने यस उध्योगका लागि आवश्यक तोरी जिल्लाले धान्न नसक्दा तराईबाट झिकाउनुपर्ने वाध्यता रहने उहाँको  कथन छ । प्रतिकेजि तोरी रु ११० ले खपत गरी प्रशोधित तोरीको तेल प्रतिलिटर रु ४००/४५० को हाराहारीमा उपभोक्ताको पहुँचमा पुराउने प्रयत्न रहेको व्यवस्थापक राई बताउनुहुन्छ । ‘तोरी जहाँ, जो किसानको घरमा छ हामी त्यहीँ पुगेर  खरिद गर्नेछौँ ।’-राई भन्नुहुन्छ ।

हिजोदेखि परिक्षणका रुपमा सञ्चालन भैरहेको उक्त उध्योगको चाँडै नगरप्रमुख, उपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा औपचारिक उद्घाटन गरिने उध्यमी तथा व्यवस्थापक राईको भनाई छ । 

तोरी उत्पादनमा स्थानीय सरकारहरुले किसानलाई प्रोत्साहित गरिरहेको वेला सदरमुकाम छेउ आधुनिक तेलहन उध्योग स्थापना गरेर किसानको पक्षमा थप उत्साहजनक काम भएको स्थानीय बताउछन् । जिल्लाको केपिलासगढी, रावावेशी गाउँपालिकाहरुले तोरी खेतीका लागि किसानहरुलाई प्रोत्साहन स्वरुप प्योकज कार्यक्रमहरु तयार गरिरहेका छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

Horoscopes Icon

All Horoscopes