सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २१, २०८०, Khotang

Image

साकेलामा ‘दादुरा–रुबेला’ खोप अभियानलाई प्रभावकारी बनाउन अभिमूखिकरण गराइयो


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको यस खोप कार्यक्रम अन्तर्गत साकेला गाउँपालिकामा आगामी फागुन २९ गतेदेखि चैत्र ३ गते सम्म ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई दादुरा–रुबेला खोप अभियान सञ्चालनबारे जानकारी दिने उदेश्यका साथ गाउँपालिकास्थित स्वास्थ्य शाखाको आयोजनामा पाँचवटै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई आइतवार अभिमुखिकरण प्रदान गरिएको हो । 

गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको अभिमुखिकरणमा लक्षित बालबालिका कसैलाई पनि खोपबाट बञ्चित नगराउन अध्यक्ष राईले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष राईले भन्नुभयो– ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका अन्तर्गत गत वर्ष साकेला प्रथम हुन सफल भयो, त्यसरी नै आगामी दिनमा स्वास्थ्यको क्षेत्रबाट पूर्ण रुपमा गाउँपालिकालाई उत्कृष्ट बनाउने तर्फ तपाईहरु उन्मुख बन्नुहोस् ।’ 

साकेला गाउँपालिकालाई स्वास्थ्य, शिक्षा, सरसफाई, भौतिक विकास, पर्यटन लगायत हरेक कुराबाट समृद्ध बनाउन साकेलाबासी नागरिकहरुको आवश्यक पर्ने भएकाले गाउँपालिकाले गर्ने विकासको काममा हातेमालो गरेर अघि बढ्न अध्यक्ष राईले सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘सरकारले गरिरहेको कामलाई विभेदको दृष्टिले हैन, सकारात्मक भावनाले आफ्नै ठाउँको विकास सम्झेर साथ र सहयोग गर्नुहोस्, समृद्धिको गन्तव्य टाढा छैन ।’ 

सरकारको विरुद्धमा सामाजिक सञ्जाल मार्फत नागरिक तहमा भ्रम फैलाएर समस्याको समाधान नहुने बताउँदै अध्यक्ष राईले सरकारका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासाहरु राख्न आग्रह गर्नुभयो । अध्यक्ष राईले प्रतिवद्ध हुँदै भन्नुभयो– ‘समग्र भुगोल, देश र जनताको पक्षमा फाईदा पुग्ने कुरामा साकेला गाउँपालिका सरकार सदैव साथ र सहयोग दिन तयार छ ।’ 

नेपाल सरकारले आगामी सन् २०२४ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । यो खोप कार्यक्रम देशैभरी नै नियमित रुपमा सन्चालन गरिँदै आएको छ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, वडा अध्यक्षहरु जितेन्द्र कुमार राई, गोविन्द तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, साकेला अस्पतालका प्रमुख डाक्टर किसन घिमिरे सहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes