सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २९, २०८०, Khotang

Image

लामिडाँडाको लङ्गुर सामुदायिक वनमा डढेलोबाट क्षति


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावाबेसी गाँउपालिका–३ लामिडाँडास्थित साबिक वडा नम्बर ६ को  लङगुर सामुदायिक बनमा डढेलोले क्षति पुराएको छ । सोमवार अन्दाजी बिहान १० बजेबाट डढेलो लाग्न सुरु भै जंगलको बोट विरुवा र पाखा पखेरामा रहेको खर वुट्यानहरु जल्दै ठूलो क्षेत्रमा आगो फैलिन थालेपछि अपरान्ह ४ बजे तिर मात्र डढेलोलाई नियन्त्रणमा लिन सकेको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार  श्रेष्ठले हलेसी एफ एमलार्ई बताउनु भयो । 

सामुदायिक बनमा लागेको डढेलोबाट मानवीय क्षति नभएपनि लामिडाडाका खड्ग बहादुर पिठाकोटे मगर, राम बहादुर मुंग्राती, बिष्णु मगर, युसुप मुंग्राती, धर्म मुंग्राती, बुद्ध मुंग्राती र सुमन तिमिल्सिनाको पाखामा भएको खर जलेर नष्ट भएको छ । हरियो फिरेसगै गाइवस्तुलाई खुवाउन भनि राखेको खर करिब २०० भारी  जलेर नष्ट भएको स्थानीय केशर बहादुर श्रेष्ठ (कुमार) ले जानकारी दिनु भयो । 

डढेलो स्थानीयवासी र प्रहरी मिलेर करिब ४ बजे नियन्त्रणमा लिइएको थियो । आगो कस्ले लगायो भन्ने अझसम्म खुल्न नसकेको जनाइएको छ ।

सुख्खा मौसम र हावाहुरीको सिजन शुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘वर्षेनि डढेलोले ठूलो मात्रामा वनको क्षति हुदै आएको छ । गर्मी याममा गोठालो जाने या बटुवाहरुले वनमा चुरोट विडी खादा असावधानीवस जंगल, पाखा पखेरामा चुरोट विडीका ठुटाहरु फाल्ने कारण डढेलो लाग्ने जोखिम हुन्छ ।’ सुख्खा मौसमसँगै गर्मी याम शुरु भएपछि सबैले आगोको प्रयोग गर्दा सजग हुनुपर्ने रावाबेसी गाँउपालिका अध्यक्ष श्रेष्ठको भनार्ई छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

Horoscopes Icon

All Horoscopes