सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन ३०, २०८०, Khotang

Image

डुम्रे धारापानीको जंगलमा डढेलो फैलिदा स्थानीयवासी सन्त्रस्त


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावाबेसी गाउपालिका–४ डुम्रे धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा अज्ञात समूहले लगाएको आगोले वन पूर्णरुपमा जलेर सखाप भएको छ । मंगलवार करिब दिउँसो १२ बजे देखि लाग्न शुरु गरेको आगो अझै नियन्त्रण भन्दा बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । 

      कालिका भगवती सामुदायिक वनमा डढेलो फैलिदै

डुम्रे धारापानी–४ खहरे पाखाबाट लाग्न शुरु गरेको आगोले सामुदायिक वनसंगै स्थानीय धारापानीका विन्द्रमान निरौला, तुलबहादुर आले मगर, कल्पना रार्ई, खड्ग बहादुर मगर र अकल बहादुर मगरको खरभएको पाखा पनि जलेर नष्ट भएको रावाबेसी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनु भयोे । उहाँ भन्नुहुन्छ–‘आगो लाग्न नदिन राज्य वा कुनै निकायको भन्दा पनि स्थानीय व्यक्ति र समुदायकै ठूलो जिम्मेवारी हुन्छ । राज्यका निकायले त घटना भइसकेपछि व्यवस्थापन गर्न मात्र सक्छन् ।’ उहाँले डढेलोको मौसममा मानिसहरूलाई जथाभावी आगो बाल्न, चुरोट विडीको ठुटाहरु जथाभावी फाल्न वा जंगलका पात पतिंगारमा आगो झोस्न नहुने बताउनुभयो । नयाँ पालुवा वा मुना पलाउने आशामा जंगल, पाखा पखेरामा पुराना झाडी वुट्यानहरुमा डढेलो लगाउने चलन रहेको तर्फ उहाँको संकेत थियो । त्यस्तै गोठ कटेरो वा घरमा वस्तुलाई खोले वा खानाको लागि चुल्हामा आगो बालेर घरका मानिस अन्यत्र काममा जाने गर्दा पनि आगो बल्दै घर या गोठको काठपातमा आगोले भेटेर आगलागी को सम्भावना हुनसक्ने वडाध्यक्ष पाण्डे बताउनुहुन्छ । विध्युत शर्ट भएर पनि आगलागी हुनसक्ने हुदा वायरिङ गर्दा ध्यान पुराउनुपर्ने उहाँको भनाई छ ।

रावाबेसी गाउपालिका–४ डुम्रे धारापानीमा रहेको उक्त सामुदायिक बनमा हरेक बर्ष डढेलोबाट जंगलका वोटविरुवा, पाखा पखेराका खर वुट्यान, जंगल छेउका मानव वस्तिमा समेत क्षति पुराउने गरेको बताइन्छ । वडाध्यक्ष पाण्डेका अनुसार गत बर्ष पनि सोही ठाउंमा डढेलो लागेको थियो । डढेलोको कारण वस्तुभाउ, जङ्गली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा समेत ठूलो असर पर्ने हुन्छ  ।

स्थानीय सामाजिक अभियन्ता फडिन्द्र अधिकारी भन्नुहुन्छ–‘डढेलोको कारण वन क्षेत्रमा रहेका साना बोट विरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावर, चराचुरुङ्गीलाई बढी क्षति हुने गरेको छ ।’

बर्षै पिच्छे जंगलमा डढेलोले क्षति पुराउदै आएको भएपनि अहिले सम्म आगो लगाउने ब्यक्तिको पहिचान हुन नसक्दा डढेलो नियन्त्रण प्रभावकारी हुननसकेको बताइन्छ ।

मंगलवार देखि लागेको डढेलोको कारण  जंगल नजिकका वस्तिका मानिसहरु  रात भरि त्रसित बनेर बस्नु परिरहेको स्थानीयबासीको भनार्ई छ । अहिले डढेलो धारापानीको कोटगढीमा पुगेको छ । डढेलो अझ फैलिदै गएको हुँदा आसपासका गाउँहरु जोखिममा रहेको वडाध्यक्ष पाण्डेले हलेसी एफएमलाई जानकारी दिनुभयो  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

Horoscopes Icon

All Horoscopes