सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन ३०, २०८०, Khotang

Image

दिप्रुङचुइचुम्मामा पनि डढेलोबाट ठूलो क्षति

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको विभिन्न स्थानमा डढेलो लागेर क्षति पुगेको समाचारहरु प्राप्त भैरहेकाछन् । गर्मी मौसम शुरु भएसँगै खोटाङको रावावेशी गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसीचुवाचुङको राजापानी लगायत अन्य ठाउँमा डढेलोबाट क्षति पुगेको थाहा भएको छ ।

यसैगरी दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका–४ बतासे, खिसाकास्थित  ठुलो भिर बाह्रबिसे सामुदायिक वनमा लागेको डढेलो फैलदै नजिकैको मानववस्तिमा समेत क्षति पुगेको समाचार प्राप्त भएको छ ।

                     डढेलोबाट पुगेको क्षति

जंगलमा लागेको डढेलो फैलदै बतासे–४ खिसाकाको वस्तिमा रहेको घर मतान जलेर नष्ट भएको जनाइएकोछ ।  आगलागीका कारण स्थानीय जीबन रार्ईको घर मतान, तारा रार्ईको मतान, जीतबहादुर रार्ईको ३ वटा मतान जलेर ठुलो मात्रामा क्षति पुगेको छ । 

दिप्रुङचुइचुम्मा गाउँ कार्यपालिका सदस्य निर्मला श्रेष्ठ कसजुले हलेसी एफएमलाई जानकारी दिए अनुसार जीतबहादुर रार्ईको ४ वटा खसी,  १ वटा बाछा, ३ वटा पाठी जलेर क्षति पुगेको छ । आगलागीबाट समग्रमा के कति क्षति भएको एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ  ।

डढेलो नियन्त्रणको लागि गाउँलेहरुको समूह लागिरहेको तर हावाहुरीको कारणले गर्दा नियन्त्रण गर्न कठिन भैरहेको थाहा भएको छ । आगो कहाँबाट र कसरी उत्पन्न भएको एकिन हुन सकेको छैन । जंगलमा डढेलो आज विहान ११ बजे बाट शुरु भएको जनाइएको छ । 

गाउँपालिका अध्यक्ष लोकेन्द्र राई हाल छिमेकी देश चीनको भ्रमणमा रहनुभएकोले त्यहीबाट सामाजिक सन्जालमार्फत डढेलो तथा आगलागीका कारण हुन गएको यस घटनाप्रति दुःख प्रकट गर्दै विदेश भ्रमण छोट्याएर पालिकामा आई तत्काल  पीडित परिवारहरुलाई सहयोग गर्ने जनाउनुभएको छ ।

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

Horoscopes Icon

All Horoscopes