सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १, २०८०, Khotang

Image

‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ आगामी चैत्र १६ देखि २४ सम्म सञ्चालन हुने


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङ सेवा समाज वेलायतको अगुवाइमा खोटाङका सबै स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन हुने थाहा भएको छ । ‘मातृभुमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने मुलनाराका साथ खोटाङ सेवा समाज वेलायतद्धारा गृह जिल्ला खोटाङमा ‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ सञ्चालन हुने भएको हो । 

 

खोटाङमा जन्म भई हाल युकेमा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुले आफ्नो जन्मभुमि खोटाङका नागरिकहरुलाई लक्षित गर्दै २०८० चैत्र १६ गते दखि २०८० चैत्र २४ गते सम्म निःशुल्क शिविरको आयोजना गरिने भएको छ । 

यस अभियानका वारेमा थप जानकारी गराउन आयोजकको तर्फबाट आगामी चैत्र १४ गते काठमाण्डौँमा विशेष पत्रकार सम्मेलन गरिने जनाइएको छ ।

खोटाङ सेवा समाज वेलायत द्धारा सार्वजनिक गरिएको कार्यक्रमको शेड्युल अनुसार २०८० चैत्र १६ र १७ गते खोटाङको रावाबेसी गाउँपालिकास्थित रावाबेसी स्वास्थ्य चौकी, साकेलागाउँपालिकाको साकेला आधारभुत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्य चौकी र प्रथामिक स्वास्थ्य केन्द्र चिसापानीमा शिविरको आयोजना गरिने भएको छ । 

जन्तेढुंगा गाउँपालिकाका नागरिकहरुले स्वास्थ्य शिविरबाट अत्यधिक फाइदा लिन सकुन भनेर गाउँपालिकाको तर्फबाट सबैको जानकारीको पहुँचसम्म सूचना सम्प्रेषण गरिरहेको उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ ।

यसैगरी चैत्र १७ र १८ गते ऐसेलुखर्क स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ भने चैत्र २० र २१ गते हलेसी बजार स्वास्थ्य चौकी, वराहापोखरी धर्तुङ स्वास्थ्य चौकीमा, दिप्रुङचुइचुम्मास्थित ओख्रे स्थानीय अस्पतालमा र निर्मलीडाडा स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिनेछ ।

चैत्र २२ र २३ गते बुर्ईपा स्वास्थ्य चौकी  र केपिलासगढीको बाक्सिला वजार स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिने जनाइएको छ । उक्त शिविरहरुमा ५ जना चिकित्सकहरु सहभागी हुने आयोजकले जनाएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण  तथा औषधि बितरण गरिने जनाइएको छ । 

चैत्र २४ गते  खोटाङ–युके शिविर अभियान समापन तथा खोटाङ नागरिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको जानकारी दिइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes