सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ४, २०८०, Khotang

Image

सदरमुकामस्थित समाविको विव्यास अध्यक्षमा इन्दिरा बस्नेत चयन

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकास्थित सरस्वती माध्यामिक विध्यालयको व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा बस्नेत चयन हुनुभएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा रहेको सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा निर्वाचन प्रक्रियाबाट शनिबार वडा नं. ५ लफ्याङकी इन्दिरा बस्नेत चयन हुनुभएको हो ।

गत जेठ २७ मा निर्वाचन प्रक्रियाबाट इन्दिरा बस्नेत , डोरनाथ आचार्य, अकेला राई र नारायण राई निर्वाचित हुनुभएको थियो । शिक्षक प्रतिनिधिबाट चन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभयो । निर्वाचित सदस्यहरुले वुद्धिजिवी, शिक्षाप्रमी वा विध्यालयको लागि सहयोग पुराउदै आएका मध्येबाट एक महिला सहित दुइजना मनोनयन गर्नुपर्नेमा सहमति नजुट्दा हालसम्म व्यवस्थापन समिति अध्यक्ष चयन हुन सकिरहेको थिएन । यसबाट विधार्थीहरुको भविष्य जोडिएको शैक्षिक संस्थाको हरेक काम कारवाही प्रभावित बन्नु स्वभाविक थियो ।

यसैलाई मध्यनजर गरिदै फागुन ३० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरस्वती माध्यामिक विध्यालयको नाममा एक पत्र पठाएर ३ दिनभित्र व्यवस्थापन समिति गठन हुन नसक्नुको कारण सहित स्पष्टिकरण समेत सोधिएको थियो ।

शनिवार शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट पुरुषमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका फुर्वादोर्चि शेर्पा र महिलामा दिक्तेलकी शर्मिला विश्वकर्मालाई मनोनित गरेपछि सर्वसहमतिमा लफ्याङकी इन्दिरा बस्नेत अध्यक्षमा चयन हुन भएको हो ।

सदस्यहरु निर्वाचन भैसकेको लामोसमयसम्म बाँकी दुई सदस्य सहित विव्यास अध्यक्ष चयन हुननसक्दा चौतर्फी आलोचनाका साथ विध्यालयको काम समेत प्रभावित बन्दै गैरहेको थियो । 

विव्यास सदस्य सचिव तथा विध्यालयका प्रधानाध्यापक शिवहर ढकाल अब विध्यालयको काम काजले सहजताका साथ गति लिने र विध्यालयको शैक्षिक/भौतिक क्षेत्रमा पनि सबैको ध्यान केन्द्रित भएर जाने बताउनुहुन्छ ।


हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

Horoscopes Icon

All Horoscopes