मंसिर १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गरी निर्णय गरिएको छ । नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक तीर्थराज भट्टराईको अध्यक्षतामा मंसिर १० गते नगरपालिका सभाहलमा बैठक बसी शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल पश्चात निर्णय गरिएको नगर युवा तथा खेलकुद शाखाका सुवासचन्द्र राईले हलेसी एफएमलाई जानकारी गराउनु भएको हो ।
बैठकले नगरपालिकाभित्रका विभिन्न सामुदायिक विध्यालयहरुमा रिक्त रहेको प्रधानाध्यापक नियुक्तिको लागि मंसिर ११ गतेदेखि शुरु हुने परीक्षा तत्कालका लागि स्थगन गरी आगामी दिनमा मिति तोकेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरभित्रका विध्यालयमा शैक्षिक सुधार कार्यदलको प्रतिवेदन अनुसार तहगत, विषयगत आधारमा दरवन्दी मिलान, विध्यार्थीहरुको संख्याको अनुपातमा विध्यालयमा सञ्चालन भैरहेको कक्षा थपघट गर्ने समेत निर्णय भएको जनाइएको छ ।
विध्यालयमा अध्ययनरतः विध्यार्थीहरुको SEE परीक्षा लगायत अन्य वार्षिक परीक्षाको नतिजामा सुधार ल्याउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले उत्पादन गरेको Virtual Class उपयोग गर्ने, विध्यालयले अतिरिक्त Coaching Class, Tuition Class सञ्चालन गर्ने तथा शिक्षासँग सरोकार राख्ने सरोकारवालासँग निरन्तर छलफल र समन्वय गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
बैठकमा नगर उपप्रमुख वीशन राई, शैक्षिक अभियन्ता डा.तोयानाथ खनाल, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १२ का वडाध्यक्ष दानबहादुर राई, नगरप्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरे, नगर शैक्षिक सुधार कार्यदलका संयोजक सूर्यबहादुर राई तथा कार्यदलका सदस्यहरु, नगर युवा तथा खेलकुद शाखाका सुवासचन्द्र राई, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहाल, नेपाल शिक्षक संघ केन्द्रिय सदस्य शिवहरि ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष टंक कटुवाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष भवकृष्ण ढकाल, नेपाल शिक्षक महासंघ नगर समिति अध्यक्ष यादव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !