मंसिर ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
कवि हरि कट्टेलको विक्रम सम्वत् २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य ‘बिलौनै बिलौना’ को दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ विराटनगरबाट कवि मिनकुमार नवोदितले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ ।
कवि नवोदितका अनुसार विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेल लगायतले उक्त खण्डकाव्यको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको ‘बिलौनै बिलौना’ उहाँ १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्धहस्त देखिएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो— ‘बिलौनैबिलौना काव्यमा कट्टेलले अर्को कृति ‘चन्द्रकान्ति’ तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको देखिन्छ । यसो हुँदा यो ‘बिलौनै बिलौना’सँग यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि कट्टेल बालवयमै कवितामा विलक्षण प्रतिभाका धनी देखिन्छन् । उहाँका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन् ।’
कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गर्नुभयो भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,—‘कट्टेल छन्द कविता निकै संकटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित कवि हुन ।’
कार्यक्रममा साहित्यकार बलराम पोखरेल, प्रा. डा. मेदिनी शर्मा. प्रा. डा. हरिहर भण्डारी लगायतले पनि कट्टेल र उहाँको विमोचित काव्यको चर्चा र प्रशंसा गर्नुभयो । कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी, कवि शारदा कार्की, प्राज्ञ कट्टेल लगायतले विमोचित काव्यका कविताहरू वाचन गर्नुभएको थियो ।
‘बिलौनै बिलौना’ विक्रम सम्वत् २०४४ सालमा लेखी सर्वप्रथम २०४५ मा छापिएको छन्दोबद्ध लघुकाव्य कृति हो ।
उपस्थितहरूलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रम छन्दवाटिकका सचिव चिरञ्जिवी काफ्लेको सञ्चालन गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !