सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर ९, २०८१, Khotang

Image

टेम्मामा गाउँपालिकाका साविक वडास्तरीय पुरुष फुटवल प्रतियोगिता हुँदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका वडा नं. ७ टेम्मामा अमराजेम्पा रहर सिङ राई स्मृति दोस्रो सस्करण दिप्रुङचुईचुम्मा गाउँपालिका भित्रका साविक वडास्तरीय पुरुष 6-A Side फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । ‘दिप्रुङको शान, टेम्मामा खेलकुदको पहिचान, खेलकुद जित्नलार्ई हैन, सिक्नुलार्ई  खेल’ भन्ने मूल नाराका साथ दिलैँछी युवा सर्कलको आयोजना तथा टेम्मा स्पोर्टस ल्कबको सह–आयोजना र अमराजेम्पा परिवार सहिद तेरहँछाको प्रायोजनमा आगामी मंसिर २७  गतेदेखि  खेल शुरु हुने अमराजेम्पा रहरसिङ स्मृति कोषका अध्यक्ष ग्याबिन किराँतीले हलेसी एफएमलार्ई जानकारी दिनु भएको छ । 

अध्यक्ष राईका अनुसार पुरुष ६—ए साइड फुटबल प्रतियोगितामा खेलाडीहरुले अनिवार्य जर्सी लगाउनु पर्ने, खेलाडीले आफ्नो ओरिजिनल नागरिकता पेस गर्नु पर्ने, त्यो नभएमा स्कुलको जन्मदर्ता अनिवार्य पेश गर्नु पर्नेछ ।

यस्तै खेलमा विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुने, खेल नकाउटको आधारमा खेलाइने, खेलको क्रममा खेलाडीले एल्लो कार्ड पाएमा रु ७ सय र रेड कार्ड पाएमा रु १ हजार जरिवाना लाग्ने जनाइएकोे छ । 

खेलाडी एक टिम मा ६ जना र ३ बैकल्पिक सहित ९ जना  हुनु पर्ने व्यवस्था गरिएको छ । खेलाडी अन्य वडाको जानकारी आएमा विपक्ष टिमले खेल सुरु हुनु भन्दा पहिले रु ५ हजार सुल्क सहित निवेदन प्रोटेस्ट हाल्नु पर्ने खुलासा गरिएको छ ।  फुटबल खेलमा सहभागी हुन चाहने खेलाडीहरुले  यहि मंसिर १४ गते देखि २४ गते सम्म रु १ हजार २ सय ५० शुल्क तिरेर टिम दर्ता गरिसक्नु पर्ने जनाइएकोछ ।

फुटबल प्रतियोगिताका प्रथम, द्धितीय हुने बिजेताहरुलार्ई क्रमश रु २५ हजार, रु १५ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै सेमि फाइनलिस्ट दुइ टिमहरुलार्ई जनही रु.५÷५ हजार प्रदान गरिने  आयोजकले जानकारी दिएको छ ।  

खेल  दिप्रङचुइचुम्ममा गाउँपालिका ७ टेम्मास्थित शान्ती मा.वि प्वाँला बरडाडाको खेल मैदानमा खेलाइने जनाइएको छ ।

थप जानकारीका लागि 
रुपेस राई मो.नं. ९८४१२१८२६४ 
प्रदिप राई मो.नं.९८१५३९७९५६ 
सुनिल राई चुप्पे मो.नं.९७६५४८२६३१ 
ग्याबिन किराँती –अध्यक्ष, अमराजेम्पा रहरसिङ स्मृति कोष) मो.नं.९८२४३११४२८

[अन्य खेलखवर-साकेला गाँउपालिका–४ मात्तिममा अन्तर वडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिने ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघर (आङ) खस्ने समस्या भएका...

हलेसीन्युजडेस्क, खोटाङ / कवि हरि कट्टेलको विक्रम सम्वत् २०४५ सालमा प्रकाशित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत शैक्षिक क्षेत्रसँग...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङ जिल्लामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’’ शुरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङ चुर्ईचुम्मा गाउँपालिका वडा नं. ७ टेम्मामा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा दशौँ उध्योग दिवस विविध कार्यक्रम गरी...

Horoscopes Icon

All Horoscopes