सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १२, २०८१, Khotang

Image

केपिलासका पाठेघर सम्बन्धि समस्या भएका विरामीको निःशुल्क उपचार


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघर (आङ) खस्ने समस्या भएका महिला दिदी बहिनीहरुको निःशुल्क शल्य क्रियाको व्यवस्थापन गरेको छ । गाउँपालिकाले काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पतालसँग समन्वय गरेर गत मंसिर ७ गते सार्वजनिक बसमा बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

अन्य विरामीहरुमा सात जनाको पाठेघर सम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे हुँदा उनीहरुलाई सामान्य शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकोले त्यही सल्लाह दिइएको तर तत्काल शल्यकृया नगरिएको पालिका श्रोतले जनाएको छ । 
अन्य छ जनामा विभिन्न प्रकारका रोगहरु मुटु, उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न प्रकारका समस्या देखिएका कारण उनीहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराएर घर फर्काइएको बताइन्छ । उहाँहरुको अन्य रोगहरुमा सुधार आएपछि दोस्रो चरणमा शल्यकृयाका लागि पठाइने पालिकाले जनाएको छ ।

गाउँघरमा महिला दिदी बहिनीहरु विभिन्न कारणले आङ खस्ने समस्याबाट ग्रसित भए पनि सबैले यो समस्यालाई बताउन चाहँदैनन । पछिल्लो समयमा स्थानीय सरकारहरुले महिलाहरुलाई यस्ता समस्याबाट मुक्त गराउन पहलकदमी गरिरहेको पाइन्छ । जिल्लाको दुई नगरपालिका तथा गाउँपालिकाले पनि स्थानीय महिलाहरुको पाठेघर सम्बन्धि समस्याको पहिचान गरी निशुल्क उपचारको व्यवस्थापन गर्दै आएका छन् ।

केपिलासगढी गाउँपालिकाले शल्यक्रिया गरिएका महिलाका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चारजना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचारको प्रवन्ध गरिएको पालिका अध्यक्ष समिर राई बताउनुहुन्छ । अध्यक्ष राईका अनुसार विरामीहरुका लागि कुरुवाको समेत व्यवस्था गरिएको छ । जान फर्किनका लागि सार्वजनिक वस भाडामा लिइएको हो 

महिलाहरुको लागि ज्यानको समेत जोखिम रहने यस्ता गम्भिर समस्याहरुको पालिकाले चासो दिएर निःशुल्क उपचारको प्रबन्ध गरिहेकोमा स्थानीय दिदीबहिनीहरु खुशी व्यक्त गरिरहेको  बताइन्छ ।


 

बाँसैबाँसद्धारा निर्माण गरिने संग्राहलयका लागि सहयोग गर्न मन्त्री पाण्डेलाई नगरप्रमुख...

युवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

--------------प्रत्युन्ह पोखरेल खोटाङ खार्पाकी १०६ वर्षीय रेणुकादेवी पोखरेलले २०८१ पौष २४...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावावेशी गाउँपालिका वडा नं. १ कुभिण्डेमा १...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक सत्र–२०८२...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १...

Horoscopes Icon

All Horoscopes