सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ६, २०८०, Khotang

Image

साकेला–१ बाँझेँच्यानडाँडामा वालवालिकालाई पूर्ण खोप कार्ड वितरण


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको साकेला गाउँपालिका वडा नं. १ वाँझेच्यानडाँडामा पूर्ण खोप कार्ड वितरण गरिएको छ । वडास्तरीय खोप समन्वय समिति बाँझेच्यानडाँडाको आयोजनामा साकेला गाउँपालिकाको वडा नम्बर १ मा सोमवार एक कार्यक्रमका वीच बालबालिकालाई पूर्ण खोप कार्ड वितरण गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक कर्मचारी र स्थानीयवासीहरुको उपस्थिति रहेको कार्यक्रममा वडाका ५४ जना बालबालिकालाई पूर्ण खोप कार्ड वितरण गरिएको छ । उक्त वडामा १४१ भन्दा बढी बालबालिकालाई नियमित खोप लगाउँदै आईएको छ । 

कार्यक्रमका प्रमुख अतिथि एवं साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन सबै क्षेत्रलाई समन्वयात्मक रुपमा अघि बढाउँदै साकेला गाउँपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गराउने ध्येय रहेको बताउनुभयो । उहाँले थप्नुभयो–‘गाउँपालिकाभित्र भईरहेका हरेक विकासका पूर्वाधारहरुमा गुणस्तर कायम गरि आयोजनाहरु निर्माण सम्पन्न गर्न निरन्तर निगरानी र खबरदारी गरिरहेका छौँ ।’ 

गाउँपालिका प्रमुख राईले कोही कसैले गुणस्तरहीन काम गरेको पाईएमा तत्कालै भत्काईदिने चेतावनी दिनुभएको छ । सडक, भवन, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्दा गुणस्तरीयता कायम गर्न निर्माण सम्वद्ध निकायलाई प्रमुख राईले आग्रह समेत गर्नुभएको छ । 

प्रमुख राईले संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण भईरहेका क्रमागत, बहुवर्षीय र यसै वर्ष सम्पन्न हुने चरणमा रहेका योजनाहरु निर्माण गर्दा प्राविधिक स्टिमेटको आधारमा गुणस्तरीय काम गर्न आग्रह गर्नुहुँदै कमीकमजोरी भएको पाईएमा भत्काईदिने चेतावनी दिनुभएको छ । 

‘हामी पालिकामा भईरहेका विकासको काममा कोही आफन्त, साथिभाई, राजनैतिक आस्थाको आधारमा कमीकमजोरी गर्नेलाई छाड्दैनौ ं।’ उहाँले भन्नुभयो–‘समग्र पालिकाको हित हुनेगरी काम नभएमा कानून बमोजिम कारवाही गर्छौं ।’ 

उहाँले आफ्नो टोलछिमेक, गाउँघरमा भईरहेका विकासको योजनाहरुलाई स्थानीय नागरिकहरुले समेत खबरदारी गरि गुणस्तरीयता कायम गराउन खबरदारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पूर्ण खोप वडा सुनिश्चितता गरि निरन्तरतामा टेवा पुर्याई यसको महत्वबारे सरोकारवालालाई जानकारी तथा अनुभूत गराउने उद्देश्यले पूर्ण खोप कार्ड वितरण गरिएको स्वास्थ्य चौकी बाँझेच्यानडाँडाका प्रमुख प्रितिमान ठाडामगरले जानकारी दिनुभयो । राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको मितिदेखि १५ महिना सम्ममा लगाईने विभिन्न १३ प्रकारको रोगको विरुद्धमा लगाईने खोप पुरा भएका बालबालिकालाई खोप कार्ड वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

साकेला गाउँपालिका वडा नम्बर १ स्थित वडा खोप समन्वय समितिले आयोजना गरेको पूर्ण खोप कार्ड वितरण कार्यक्रम वडा नम्बर १ का वडाध्यक्ष तथा वडास्तरीय खोप समन्वय समितिका अध्यक्ष हेमन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes