सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १०, २०८०, Khotang

Image

मर्यादित भएर होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय खोटाङको अनुरोध

 

हलेसीन्युजडेस्क, खोटाङ

होली पर्व नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय खोटाङले यो पर्व शिष्ट, सभ्य र मर्यादित बनाउन आग्रह गरेको छ । होली पर्व मनाउने क्रममा विकृति, विसंगति फैलिने कार्य नगर्न समेत आग्रह गरिएको छ ।

 

रंगहरुको पर्व मानिने यो अवसरमा कसैको इच्छा बिपरीत जबरजस्ती लोला हान्ने, रङ लगाउने, बाटोमा हिड्ने पैदल यात्रुलाई दुःख हैरानी दिने जस्ता कार्यहरु नगर्न र भाङ, धतुरो, गाँजा, जाँड, रक्सीजस्ता पदार्थ सेवन नगर्न प्रहरीले सचेत गराउदै मादक पदार्थ, लागूऔषध सेवन गरी सवारी साधान नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न, मोटरसाइकल चलाउँदा हेल्मेट लगाउन र सवारी नियम उल्लंघन नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्तै होली पर्वको नाममा सार्वजनिक सडकमा गुड्ने सवारी साधन र यात्रुलाई कुनै पनि किसिमको दुःख हैरानी दिने कार्य नगर्न आग्रह गरिएको छ ।

आग्रह गरिए भन्दा विपरीत कार्य गरेमा जो कोहीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा ११८ बमोजिम १ वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र दफा २२४ बमोजिम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरी कार्यालयले जनाएको छ ।

चैत ११ गते पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाईदैछ । पहाडी भागमा भन्दा तराई क्षेत्रमा होली मनाउने क्रममा अमानवीय घटनाहरु समेत घट्न जाने कारण स्थानीय प्रशासनद्धारा सबैलाई सचेत र सजगता अपनाउन आग्रह गरिन्छ ।

होलीलाई असत्यमाथि सत्यको जीतको प्रतीकका रूपमा लिईन्छ । यो अवसरमा आपसमा सामाजिक सद्भाव र सहिष्णुता वाँड्दै रंगमार्फत खुशी प्रकट गरिन्छ । यही कारण भनिन्छ–होली रङ्गहरूको चाँड हो, रंगहरुको पर्व हो  । यो पर्वसँगै वसन्त ऋतुको आगमनको शङ्खघोष हुन्छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes