सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

भिम राई/कविता

चैत्र १८, २०८०, Khotang

Image

स्रष्टा पदयात्राको सम्झनामा

         

        – भिम राई (माक्पाली कान्छा)

 

८० औँ पटक 
निस्केका स्रष्टाहरु
पुगिसके छन्
गन्तव्यमा
सकेर पदयात्रा !

धन नभएपनि 
प्रसाद बाँडीरहने 
धनप्रसाद 
र उहाँलाई
याद गरिरहने 
यादेवी
जय जय गान रचि रहने
जयराम
शीतलता प्रदान गरिहने
शीतल दाई
अहो !
पुगि सकेछन्
गन्तव्यमा !

भय बिहिन यात्रामा 
निस्किएका अभय
धर्तिमै स्वर्ग खोज्न 
निस्किएका अप्सरा
ऋतु बोलाउदै आएका 
वसन्त
पवित्र गंगाको प्रसाद बाँड्ने
गंगा प्रसाद
अहो पुगि सकेछन्
गन्तव्यमा !

चन्द्रमाको ज्योति 
खोजिरहने
शशी 
सफा र स्वच्छ 
मनका धनि
विमल
साहित्यमा राज गरेका
नवराज
जीवनलाई जीवन्त राख्ने
जीवन 
लामाखुको बाटो हुँदै 
हिँडेका लामाखुले
आमा पार्वती जस्तै
अम्बिका
रातो खालको बहुमूल्य
पत्थर जस्तै रुबी
सबै सबै 
पुगि सकेछन्
गन्तव्यमा !

अहिले 
थालिसके 
खेतिपाती
समाएर 
लेख्ने र बोल्ने 
कुटो कोदालोले
जोत्न थालिसके
आफ्नै बञ्जर 
जिन्दगीको खेतबारी !

 

केही दिन अगाडि खोटाङमा सर्जकहरुद्धारा गरिएको पदयात्राका केही तस्विरहरु


 

[ केही सिर्जना पनि-‘टेम्के–तुवाचुङ पुरस्कार’ बाट खोटाङका दुई प्रतिभा पुरस्कृत }

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

Horoscopes Icon

All Horoscopes